एसपी रिपोर्टर
जनकपुरधाम, असार ७ :
वक्ताहरुले जनताको मुख्य दुई अधिकार स्वास्थ्य र शिक्षाको विकासका लागि जनप्रतिनिधीहरु संग ज्ञान र योजना क्षमताको अभाव रहेको बताएका छन् । नेपाल बौद्विक प्रतिष्ठानले विहिवार जनकपुरधाममा आयोजना गरेको संघियतामा स्वास्थ्य र शिक्षा क्षेत्रमा सेवा प्रवाहको अवस्था बारे विचार गोष्ठीमा बोल्दै सो क्षेत्रका अनुभवी र जानकार व्यक्तित्वहरुले यस्तो बताएका हुन ।

प्रा. सुर्यनाथ मिश्रले त्यो ज्ञान र आइडिया भएका केहि मात्र पालिका प्रमुख नेतृत्वको पालिकाहरुमा भने पृथक र प्रगतिशिल तरिकाले राम्रा काम भइरहेको बताए । प्रा.वि.का शिक्षक यदि पालिका प्रमुखको नजिकका छन भने उनी नै मावि तहका शिक्षकहरुको हाकिम भएर बसिरहेका छन, उनिहरुले भने, ‘यो असमान्ता र अपनामका बिच कसरी शिक्षा स्तर उकास्न सकिन्छ ।’

अहिले आधारभुत स्वास्थ्य सेवा समेत उपलब्ध छैन, शेभ द चिल्ड्रेनका डा. लिला बहादुर बस्नेतले भने, ‘जनताले आधारभुत स्वास्थ्य सेवा समेत नपाउँदा त्यसको समाजिक अडिट हुन पर्छ कि पर्दैन ?’ प्रादेशिक अस्पताल जनकपुरधामका उपनिर्देशक डा. के.डी. दासले जनकपुरधामको अधिकांश चिकित्सक निजिमुखी हुँदा राम्रो काम गर्नेहरु समेत बदनाम भइरहेको बताए । तत अस्पतालबाट दर्जनौ लावारिस विरामीहरुको सफल उपचार भएको दावी गर्दै उनले आफुहरु संग लिखित प्रमाण रहेको समेत बताए । उनले अझै एक दुई विरामीको उपचार भइरहेको बताए ।

एउटा लावारिस छोरा शिशु कतै झाडीमा भेटियो भने त्यसको अपनत्व ग्रहण गर्न स्थानिय सरकार सहितको भिड लाग्छ तर एक लावारिस विरामीको उपचारमा कसैको कुनै चासो हुदैन कसरी उपचार गर्ने ? रगत उपाय गरिदिने मान्छे पनि हुदैन के गर्ने ? उनको प्रश्न थियो । उपकरण किन्न अहिले तुरन्तै करौडौैंको टेन्डर आहवान हुन्छ तर जनशक्ति अभावको कसैलाई प्रवाह छैन उनले थपे ।

निजि विद्यालयका अगुवा ब्रज किशोर यादवले निजि विद्यालयको शिक्षकलाई पनि तालिम दिनुपर्ने, परिक्षा मुल्याङ्कन दुरुस्त हुनुपर्ने, ग्रेडिङ्ग सिस्टम आएपछि फेल नहुने भएपछि विद्यार्थी पढन छोडेको भन्दै सबैको सुधार आवश्यक रहेको बताए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विष्णु कुँवर, दुवै क्षेत्रका अनुभवी अगुवाहरु ब्रहमदेव झा, अवधेश तिवारी, राजकुमार झा, कारि यादव सहितको उपस्थिती थियो ।