पुरन रौनियार
जनकपुरधाम, असार ३ :
एक राष्ट्रिय पार्टीका अध्यक्ष उनी माथी सबैको नजर थियो तर उनको नजर बिषयगत तर्क र तथ्य टिपोटका लागि मोबाइलमा केन्द्रित थियो । हुन त त्यस कार्यक्रममा म स्वयम सहभागि हुन सकिन तर क्यामेरा पर्सनले खिचेर ल्याएको हरेक फुटेजमा उनी सम्बन्धित विषय बारे मोबाइल र ईन्टरनेटमा तथ्य खोज्दै टिपोट गरिरहेको देखिन्छ । उनी हुन जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ।

खास गरि मधेशको कुनै पनि कार्यक्रममा नेताहरु विषय भन्दा बाहिर बोल्ने होडनै चलिरहेको अवस्थामा यि तस्वीरहरुले केहि भएपनि नेताहरुलाई चेतनशिल बनाउन मद्दत गर्ने छ । हेर्दा समान्य लाग्ने यो तस्वीरहरु एक कुशल नेताका लागि अनुकरणीय हुनुपर्दछ भन्दा बेठिक नहोला ।

एक पार्टीको राष्ट्रिय अध्यक्ष जस्को माथी सहभागि सबैको ध्यान हुन्छ तर उनी गम्भिर विषयमा के बोल्ने भन्ने बारेमा सार्वजानिक रुपमै चिन्तनशिल र गम्भिर देखिनु सकारात्मक हो । हुनत उनले टिपोट गरिरहदा धेरै वक्ताको कुरा सुन्न छोडनु भयो भन्ने तर्क पनि आउँला तर एक जिम्मेवार नेताको हैसियतले कुनै कार्यक्रममा बिना विषयगत अध्यन्न र तर्क जानु हुदैन भन्ने कुराको स्पष्ट उदाहरणको यादवको यो तस्वीरहरु ।

यादव सो कार्यक्रममा प्रमुख अतिथि पनि होइन प्रदेश प्रमुख र सभामुख अगाडि तेस्रो अन्तिम वक्ताका रुपमा बोलेका उनी भाषा सम्बन्धी खोज र तथ्य संकलन गरिरहेका थिए । उनले भने, ‘नेपालमा बोलिने १ सय २५ भाषा मध्ये एक मात्र भाषालाई माननिय भाषाको रुपमा प्रयोग हुनु भाषिक विभेद र असमानताको पराकाष्ठा हो ।’

जनकपुरधाममा भाषा आयोगले आयोजना गरेको सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत रहेका यादवले नेपाली भाषा भन्दा नेपालमै बोलिने अन्य धेरै भाषाहरु अत्यन्त प्राचिनतम रहेको दावी गर्दै मिथिला माण्डवी, नेपाल (नेवा), तामाङ्ग जस्ता भाषाहरुलाई उदाहरणको रुपमा दर्शाए ।

खस बाट पर्वते र गोर्खा हुदै वि.सं. १९३३ मा गोर्खा भाषा प्रकाशनी समिति बन्दै १९७० मा सोहि समितिलाई नेपाली भाषा प्रकाशनी समिति बनाएर नेपाली भाषाको रुपमा प्रचार गरिएको हालको नेपाली भनिने यो भाषालाई राज्य शक्तिको बलमा एकल र र्निविकल्प भाषाको मात्र अधिपत्य जमाइनु अधिनायकवाद रहेको उनले थपे । उनले यो तर्कहरु गर्दै गर्दा मञ्चै रहेका अन्य धेरै नेताहरुकै लागि पनि एक सिकाई जस्तै भएको देखियो ।

वक्ताका रुपमा सहभागि कार्यक्रमको विषयगत ज्ञान, तथ्य, गम्भिरता र तर्क प्रति नेता चिन्तनशिल र अध्यन्नशिल हुन जरुरी छ भन्ने कुरा उनको गतिविधीबाट प्रष्ट हुन्छ । मधेशको अध्यन्नशिल नेताका रुपमा समेत चिनिने यादवको यो चेतनाबाट मधेशका खास गरि राजनितिमा उदयमान नेताहरु सिक्न जुरुरी छ ।