एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३१ :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको नगराईन नगरपालिकाका एक वडा सचिवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले नगराईन नगरपालिका वडा नम्बर–२ का वडा सचिव अमृत झालाई बुधबार साँझ रंगेहात पक्राउ गरेको हो।
सेवाग्राहीसँग काम गरेवापत वडा सचिव झाले नगद ७५ हजार रुपैयाँ घुस लिएको उजुरीका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।
अख्तियारको टोलीले अहिले मुचुल्का उठाउने काम गरिरहेको छ ।





