एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २० :
नेपाली युवा उद्यमी मञ्च जनकपुर च्याप्टर २०८० सालको नयाँ कार्यसमिति चयन भएको छ । मोनाष्टिक स्कुलका प्रबन्ध निर्देशक डा. सोनु साहले च्याप्टर २०८० को नेतृत्व पाएको छ । जनकपुरधाममा आयोजित मञ्चको जनकपुर च्याप्टरको तेस्रो वार्षिक साधारणसभाबाट निवर्तमान प्रथम उपाध्यक्ष डा. साहले नयाँ नेतृत्वको अवसर पाएको हो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा रोहन गुप्ता, दोस्रो उपाध्यक्षमा अमित झा सदस्यहरुमा राजिव कुमार रौनियार, प्रमोद कुमार साह, रविन्द्र प्रकाश साह, संजु नायक, मधुकर साह र एमडी रहमान रहेका छन् । त्यसै गरि १० जना साधारण सदस्यहरु समेत चयन भएका छन् । ४० वर्ष मुनीका उदाहरणीय काम गर्ने युवा उद्यमीहरुको यो संस्थाको देशै भरिमा १२ च्याप्टर रहेको र युवा उद्यमी तथा उद्यमशिलता विकासका लागि काम गर्दै आएको मञ्चका केन्द्रि अध्यक्ष रितेश लामिक्षाने तथा प्रथम उपाध्यक्ष साहारा जोशीले बताए ।

देशमा व्याप्त रहेको युवा पलायन रोकेर विश्वभरिका साझेदार संस्थाहरुसंगको हातेमालोमा उनीहरुलाई देशमै रोजगार नभए स्वरोजगाको वातावरण निर्माण गर्न मञ्च काम गरिरहेको जनकपुर च्याप्टरका अगुवाहरु नव चयन भएका अध्यक्ष डा. साह, निवर्तमान अध्यक्ष रुपा महतो र पुर्व अध्यक्ष आशिष महतो बताउछन् ।

सो कार्यक्रममा व्यापारीहरुको छाता संगठन जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले युवा उद्यमीहरु अव कृषि र पर्यटन तर्फ ध्यान दिन आवश्यक रहेको बताएका थिए । जनकपुर च्याप्टरकी निवर्तमान अध्यक्ष भएकी रुपा महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष मनिका झा सहितकाले शुभकामना मनतब्य राखेका थिए ।