एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १३ :
महोत्तरी सदरमुकाम जलेश्वरमा जेष्ठ २६ गते हुने संसारीमाई पुजाको तयारी तिब्र गतिमा भइरहेको पुजासमितिले जनाएको छ । मुख्य पुजा तथा बलि जेष्ठ २६ गते हुने भएपनि यसपटक भने जेष्ठ १९ गते देखि नै कार्यक्रम प्रारम्भ हुने जनाइको छ । संसारीमाई पुजामा चारलाख श्रद्धालुलाई दर्शन गराउने तयारी रहेको महापुजा समारोह समितिले जनाएको छ । यो भन्दा पहिलेकै पुजामा लगभग तिनलाखले दर्शन गरेकोमा मन्दिरको ख्याती वढ्दै गएकोले यसपटक पुजा गर्न तथा मेला हेर्न आउनेको संख्या वढ्ने अपेक्षा गरिएको छ ।

संसारीमाईलाई नगरको कुल देवीको रुपमा पुजा गरिने गरिएकोमा वहाँ नगरको मात्र नभई संसारकै कुलदेवी रहेको धामी महेन्द्र मुखिया बताउछन । संसारीमाईले महामारी जस्ता रोग व्याधीका साथै निसन्तानलाई सन्तान सुख तथा भक्तले इच्छाएको पुरा गरिदिने भएकोले जलेश्वरवासीहरुको लागि वहाँप्रतिको आस्था र पुजाको अत्याधिक महत्व रहेको छ ।

यसअघि पहिले १२ वर्षमा बलिप्रदान हुने गरेको भएपनि पछिल्लो समय क्रमश १० वर्ष, ७ वर्ष र हाल ५ वर्षमा बलि प्रदान हुन थालेको संगै यसपटक मेला, रासलिला र प्रवचन तथा विभिन्न कार्यक्रमको आयोजना गरिने भएकोले तयारीमा तिव्रता दिइएको महापुजा समारोह समितिले जनाएको छ । गाउँ सुरक्षित रहोस र गाउँमा कुनै किसिमको अप्रिय घटना नहोस भनेर धेरै बर्ष पुर्व देखि संसारी माईको पुजा आराधना भब्यता पुर्वक हुदै आएको स्थानियहरुको बताउछन् ।

यतामहापुजा समारोह समितिले पुजातथा मेलामाअनुमानित एक करोड खर्च हुने बताएका छन । यो भन्दापहिलेको पंचवर्षिय पुजामा ६ हजार भन्दा वढी बलिप्रदानगरिएकोमा यस पटक १० हजार भन्दा वढी बलिहुने जलेश्वोर नगरपालिका प्रमुख साहले बताएका छन । बलि प्रदानको लागि जनकपुर स्थित राम युवा क्लव लाई जिम्मेवारी दिइएको छ ।