एसपी रिपोर्टर
जनकपुरधाम , जेठ ४ :
नेकपा एसको जनवर्गिय संगठनहरुको एकीकृत मोर्चा संगठनले बिहीवार जनकपुरधाममा नक्कली भूटानी शरणार्थी तथा भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
पार्टी कार्यालयबाट मोर्चासँग आबद्ध युवाहरुको निस्केको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै नेकपा एसका जिल्ला अध्यक्ष रामचन्द्र पण्डितले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाउने खेलमा लागेकाहरुलाई भइरहेको लुकाउने प्रयासलाई रोक्न र दोषीलाई कारवाहीका लागि आफूहरुले दबाव स्वरुप विरोध प्रदर्शन गरेको बताए ।
मोर्चाका जिल्ला अध्यक्ष शिवचन्द्र झाको अध्यक्षतामा भएका सो कार्यक्रममा नेकपा एसका केन्द्रिय तथा जिल्लास्तरीय नेता सहित जनवर्गिय संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।





