एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २ :

सडक सुरक्षा सप्ताहका दोश्रो दिन पनि जनकपुरधाम विविध जनचेतनामुलक कार्यक्रम गरिएको छ । मंगलबार सर्वसाधारण तथा चालकलाई ट्राफिक सचेतना दिनुका साथै पोलहरूमा भएका होर्डिङ बोर्डहरू हटाइएको हो । होर्डिङ बोर्डका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले हटाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

साथै, सर्वसाधारणलाई सडकपेटीमा हिँडनका लागि अभिप्रेरित गर्ने काय पनि भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । त्यस्तै, मंगलबार विद्यालय तथा कलेजहरू ट्राफिकसम्बन्धी सचेतना कक्षा दिइएको छ । जनकपुरधामका ६ र धनुषाका अन्य ११ वटा विद्यालयमा विद्यार्थीलाई ट्राफिकसम्बन्धी जानकारी दिएको धनुषा ट्राफिक प्रमुख प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिनुभयो ।

ट्राफिक सप्ताहअन्तर्गत विद्यार्थी स्वयमेवक परिचालन, चालकहरूलाई अभिमुखीकरणलगायत कार्यक्रम पनि हुने प्ररही निरीक्षक साहले जानकारी दिनुभयो । ‘ट्राफिक प्रहरीको चाहना सुरक्षित गन्तव्यको कामना’ भन्ने मूल नाराका साथ सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा सप्ताह सुरु गरिएको हो ।