एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २ :
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० स्थित नोचा पोखरीमा तिन करोडको लागतमा भइरहेको संरक्षणका कामहरुको उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले अनुगमण गरेको छ ।

करिव आठ बिघ्घा क्षेत्रफलमा रहेको पोखरीको हाल भवन तथा शहरी कार्यालयबाट चारैतर्फ बाउन्ड्रीवाल, मुख्य दुई प्रवेशद्वार र सुरक्षाकर्मी बस्ने भवन निर्माणको काम भइरहेकोमा सो कामहरुको अनुगमण गर्दै मेयर प्रमुख साहले प्राविधिक सम्पुर्ण मापदण्ड पुरा गरि कामहरु सम्पन्न गर्न निर्देशन दिएका छन् ।

पोखरी सहित सम्पुर्ण क्षेत्रफललाई बचाउन, संरक्षण र सम्वद्र्वन गर्न बाउन्ड्रीवालको काम भइरहेकोले भित्रका पानी बाहिर निकाल्न र पोखरीका लागि बाहिरको पानी भित्र निकास सहज रुपमा हुने गरि काम गर्न निर्देशन दिएको बताउदै प्रमुख साहले आफु अहिले सम्म उपमहानगरपालिकको एक रुपैया बजेट समेत नलगाएको बताए ।

उनले आफनो पहलमा यसअघिनै उपमहानगरपालिका बाहेक विभिन्न कार्यालयबाट आएको बजेटहरु कार्यान्वयनको काम भइरहेको बताए । उपमहानगरपालिकाले यस वर्ष पाँच लाखको लागतमा डिपिआर बनाएर थप सौन्दर्यकरणको काम गर्ने योजना बनाएको पनि उनले बताए ।

भवन तथा शहरी कार्यालयका ईन्जिनियर गौरि पण्डितले पोखरी सौन्दर्यकरणका लागि प्रमुख साह वडा अध्यक्ष र स्थानियवासीहरु समेत तत्पर रहेको बताउदै राम्रो काम भइरहेको बताए । उपमहानगरपालिका प्रमुख साह नोचा पोखरीको सौन्दर्यकरणका लागि धेरै पहिला देखिनै सक्रियता देखाइरहेका छन् ।