एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २३ :
जनकपुरधाममा महिला सुडी समाजको प्रथम महाधिवेशन सम्पन्न भएको छ ।
शनिवार भएको प्रथम महाधिवेशनमा सहभागीहरूले सुडी समाजको हितका विषय चर्चा परिचर्चा गरेका थिए । महाधिवेशनबाट जातिय महिलाहरुको सामाजिक उत्थानका लागि काम गर्ने, समाजमा व्याप्त कुरिति तथा महिलाहरुको समस्या समाधानका लागि काम गर्ने लगायतको विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा प्रदेश सांसदहरू अनिता साह, कञ्चन विच्छा, जनकपुरधामका नगर प्रमुख मनोजकुमार साह, जनकपुर बृहत्तरका अध्यक्ष शीतल साह, महासंघका केन्द्रीय परमेश्वर महासेठलगायतले धारणा राखेका थिए । उनीहरू सुडी समाजको अहिलेको अवस्था, संगठन विस्तारलगायत विषयमा सल्लाह सुझाव दिएका थिए ।

कार्यक्रममा सुडी समाजका पदाधिकारीलगायत सहभागी भएका थिए । समाजले नयाँ कार्य समिति पनि गठन गरेको छ जसअनुसार अध्यक्षमा रामप्यारी देवी, उपाध्यक्षमा फुलकुमारी देवी, महासचिवमा उमा गामी, सचिवमा संजुकुमारी साह, कोषाध्यक्ष अरहुल्ला पंजियारसहित ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।