एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १५ :
जनकपुरधामको नयाँ बसपार्कमा निर्माण भएको श्री महावीर मन्दिरमा देवी देवताको मूर्ति प्राणप्रतिष्ठाका साथ स्थापित गरिएको छ । गत वैशाख ११ गते देखि निरन्तर जारी विभिन्न धार्मिक अनुष्ठान र विधीविधान सहित शुक्रवार भारतका चर्चित साधु राम भद्राचार्य जी महाराजद्वारा शुक्रवार मन्दिरमा स्थापित हनुमान, विश्वकर्मा, रामजानकी, लक्ष्मण, गौरीशंकर र कार्तिक गणेश सहितका देवी देवताको मुर्तीहरुको प्राणप्रतिष्ठा गरिएको छ ।

यस्का लागि पाँच दिवसीय धार्मिक अनुष्ठान पूजापाठ भइरहेको थियो । माँ जानकी जनकपुरधाम यातायात प्रा.लि. द्वारा निर्माण गरिएको मन्दिरमा विभिन्न देवी देवताको मूर्ति स्थापित गर्न वैशाख ११ देखि १५ गतेसम्म धार्मिक अनुष्ठान आयोजना गरिएको हो । मन्दिरको समुदघाटन गर्न जनकपुरधामका आएका बागेश्वरधामका चर्चित साधु राम भद्राचार्य जी महाराजको दर्शन र समुदघाटन हेर्न स्थानियहरुको भिडभाड लागेको थियो ।

समारोहमा नेपाली कांग्रेसका पुर्व उपसभापती विमलेन्द्र निधी समेत विभिन्न क्षेत्रका अगुवाहरु सहितको उपस्थिती थियो । गत सात वर्ष देखि बन्दै निर्माण सम्पन्न भएको मन्दिरको उद्घाटनका लागि वैशाख ११ गतेदेखि कलश यात्रा, जलाधिवास, अग्निर्निवास, अनाधिवास, रुद्राभिशेष, पुष्पर्निवास र विशेष हवनका साथै शुक्रवार राम भद्राचार्य जी महाराजद्वारा मुर्तीहरुको प्राणप्रतिष्ठा, हाती घोडा पालकीमा राखेर जनकपुरधाम नगरदर्शन र परिक्रमाका साथै मन्दिरको उद्घाटन गरिएको प्रा.ली.का अध्यक्ष मनोज चौधरीले बताए ।

बागेश्वरधामबाट आएका साधु राम भद्राचार्य जी महाराजले करिव आधा घण्टाको प्रवचन समेत प्रस्तुत गरेका थिए ।