एसपी रिपोर्टर
जनकपुरधाम , वैशाख १५ :
भानूभक्तको शालिक निर्माण गर्न लागिएको बिरोधमा मधेस केन्द्रित दलका युवाहरुले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका छन् । मधेस आन्दोलनको मर्मविपरित त्यहाँ भानुभक्तको शालिक निर्माण गर्न लागिएको भन्दै जनमत, जसपा र लोसपाका युवाहरुले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका हुन् ।

शुक्रबार साँझ विद्यार्थीहरुले टायर बालेर संयुक्त रुपमा बिरोध प्रदर्शन गरिरहँदा प्रहरीसंग सामान्य झडप भएको हो । प्रहरीले युवाहरुको बिरोध प्रदर्शनमा अवरोध श्रृजना गर्न खोजेपछि प्रहरी तथा युवाहरुबिच झडप भएको थियो ।


रमेश महतो चोकलाई विस्थापित गरेर पुनः भानू चोक निर्माण गरिनु मधेस आन्दोलनको अपमान रहेको युवाहरुको ठहर छ ।
यसअघि लोसपा निकट लोसपा युवा संघ धनुषाका अध्यक्ष प्रशान्त झाको अगुवाईमा शहीद रमेश महतोकै शालिककै स्थापना गरिनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

https://www.facebook.com/watch/?v=1206450203336962

ज्ञापन पत्र बुझाउन पुगेको टोलीमा समाजवादी युवा संघका दिपु कापडी समाजवादी विद्यार्थी युनयनका केन्द्रीय सचिव बलिराम कापडी, जनमतका विद्यार्थी नेता बिरेन्द्र यादव , लोसपा धनुषाका सह–सचिव सानु श्रेष्ठ, लोसपा विद्यार्थी संघका जिल्ला सचिव सिद्धार्थ चौधरी, लोसपाका जिल्ला सदस्य शम्भु झा, किशन साह, रोशन साह, मनिष मण्डल, पंकज साहलगायतकाहरु सहभागी थिए ।