एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ५ : प्रजातन्त्र सेनानी स्व. शुभनारायण साहको स्मृती दिवस मनाइएको छ । २०४६ सालको जनआन्दोलनमा मिल्यएरियाका व्यापारी, युवाहरु सहितका अगुवाहरुलाई लोकतन्त्रका लागि आन्दोलनमा प्रेरित गरि कुशलता पुर्वक आन्दोलन परिचालनको अगुवाई समेत गरेका स्व. साहको योगदानको सम्मान र स्मरणका लागि प्रत्येक वर्ष नेपाली कांग्रेस तथा स्थानियहरुले स्मृती दिवस मनाउदै आएको छ ।
स्व. साहको योगदानको कदर स्वरुप मिल्स एरियामा वहाँको शालिक रहेको स्थलमा जनकपुरधामका मेयर मनोज कुमार साह, पुर्वमेयर लालकिशोर साह, उपमेयर किशोरी साह, जिउँदो शहिद प्रेस स्वतन्त्रता सेनानी रामभरत साह सहितको उपस्थितीमा स्व. साहको स्मरण र श्रद्धाञ्जली अर्पण गर्दै वहाँको योगदानको चर्चा गरिएको कांग्रेस धनुषाका जिल्ला कार्यसमिति सदस्य उमेश कुमार साहले बताए ।

लोकतन्त्रको लागि भएको २०४६ सालको जनआन्दोलनको अगुवाई गरेका साहको प्रहरी दमनबाट घाइते भएर उपचारार्थ अवस्थामा २०४७ साल बैशाख ५ गते निधन भएको थियो ।





