सुरेश राय
सिराहा , चैत ३०:

सिराहामा एकजना प्रहरी सहायक निरिक्षक नौ हजार घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको छ । मुदा मिलाईदिने भन्दै इलाका प्रहरी कार्यालय मिर्चैया मुदा शाखाका प्रहरी सहायक निरिक्षक (असैई) सचिन यादबलाई आज अपरान्ह कार्यालय वाहिर सेवाग्राहीसंग नौ हजार घुस रकम लिनेक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो् ।
पक्राउ परेका प्र.स.निरिक्षक यादबले मिर्चैयाकै दुईजना सेवाग्राही मध्यये एउटासंग मुदामासहज बनाइदिने भन्दै ९ हजार रकम र अर्का सेवाग्राहीसंग मुदादर्ता नगर्न दुइलाख रकमको माग गरेको अडियोको आधारमा पक्राउ गरेका छन् । पक्राउ परेका यादब पहिलादेखि नै कार्यलय प्रमुखकै सहमतीमा सेवाग्राहीसंग अवैध रकम असुल्ने गरेको स्थानिय सेवाग्राहीहरु बताउछन् । उनी पक्राउ पर्दा याहाँका सेवाग्राहीहरु निकै नै उत्साहित देखिएका छन्।
घुस रकम सहित पक्राउ परेका यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आवश्यक प्रकृया पुरा गरी थप अनुसन्धानको लागी बर्दिबास लगिएको जनाइएको छ ।