एसपी रिपोर्टर
जनकपुरधाम, चैत २६ : नेपाल विज्ञापन बार्डका अध्यक्ष लक्ष्मण हुमागाईले समाजलाई प्रतिकुल प्रभाव पार्ने विज्ञापनहरू निधेष गर्नेतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभएको छ । जनकपुरधाममा आइतबार जिल्ला प्रशासन कार्यालयको आयोजन तथा उपभोक्ता हित संरक्षण मञ्चको सहयोग भएको कार्यक्रममा अध्यक्ष हुमागाईले यस्तो बताउनुभएको हो । उहाँले सञ्चारमाध्यमलगायतमा भ्रमपूर्ण विज्ञापन प्रशारण भएको पाइएमा तत्काल जानकारी दिन पनि सबैसँग आग्रह गर्नुभयो ।
अध्यक्ष हुमागाईले मदिराजन्य विज्ञापनहरू सञ्चारमाध्यममा निषेध भइसकेको पनि भए पनि स्थलगत रूपमा हुने गरेको यस्ता विज्ञापनको प्रचारमा तत्काल रोक लगाउनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागीहरूले विभिन्न माध्यमबाट हुने गरेको मदिराको प्रचार र यसले पार्ने असरका विषयमा चर्चा गरेका थिए ।
सञ्चारकर्मीहरुले एकद्वारा समानुपातिक प्रणालीबाट विज्ञापन नदिई राष्ट्रिय सञ्चार माध्यमको बाहानामा स्थानिय पालिकाका प्रशासकिय अधिकृतहरु काठमाण्डौं र मोफसलका सिमित मिडियामा विज्ञापन दिएर कमिशन खाने गरेको आरोप लगाएका थिए भने प्रशासकिय अधिकृतले विज्ञापन किन नदिएको भन्दै पत्रकारहरुले थर्काउने काम गरेको आरोप लगाएका थिए ।
कार्यक्रममा प्रधामन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव उदयराज सापकोटाले भिआईपीहरु समेत समाजिक सञ्चालहरुमा मदिराको प्रवद्वनका लागि विभिन्न क्रियाकलाप गर्ने गरेको भन्दै विज्ञापनका साथै समाजिक सञ्जालमा पनि त्यस्ता सन्देश जाने किशिमको सन्देश प्रवाह हुन नहुने बताए ।
कार्यक्रममा जिसस धनुषाका प्रमुख राजनन्दन मण्डलले स्वास्थ्यका लागि हानिकारक मानिएको मदिरामा पुर्ण रुपमा बन्देज नै लगाउनु पर्ने मांग गरे । कार्यक्रममा मञ्चका धनुषा अध्यक्ष बटुकनाथ झा, सहायक प्रमुख जिल्ला अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख, पालिकाका प्रमुख प्रशासकिय अधिकृत सहितको उपस्थिती थियो ।





