एसपी रिपोर्टर
जनकपुरधाम, चैत २६ : जनकपुरधाम मेयरकप २०७९ को चौथो दिनको दोस्रो खेलमा पर्साले सर्लाहीलाई ७ विकेटले पराजित गरेको छ । जनकपुरधामको वडा नं. १४ रजौल स्थित प्रस्तावित श्री रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशालामा १ : ४० बजे देखि सुरु भएको खेलमा पर्साले सर्लाहीलाई ५१ बल शेष रहदै ७ विकेटले हराउन सफल भएको छ ।
टस जितेर पहिला ब्याटिङ्ग रोजेको सर्लाही १७ ओभर चार बलमा आल आउट हुदै ८४ रनको झिनो लक्ष्य पर्सा समक्ष राख्न सक्यो । उनका लागि सुमन सुक्ला २३ र विवेक ठाकुर १५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानहरु सस्तोमै आउट हुदै गए । पर्साका लागि सम्साद मन्सुरी ४ र नसुरद्दिन अनसारी २ विकेट लिएका थिए भने अन्य तिनजना बलरले एक/एक विकेट लिए ।
८५ रनको लक्ष्य पछ्याउन मैदान उत्रेका पर्साका बल्लेबाजहरु ११ ओभर ३ बलमै तिन विकेटको क्षतीमा ८७ रन बनाएर लक्ष्य पुरा गर्न सफल भई टिमलाई जिताउन सफल भए । उनका लागि ईम्रान शेष ३८ र सुरज पटेल अविजित २१ रनको योगदान गर्दा शेषले पाँचवटा चौका र एक छक्का प्रहार गरेका थिए ।

सर्लाहीका लागि तिनवटै विकेट सुमन सुक्लाले चट्काए पनि टिमलाई जिताउन सकेन । खेलमा पर्साका सम्साद मन्सुरी म्यान अफ दी म्याच चुनिएका छन । भोली पाँचौ दिनको पहिलो खेल विहान ९:३० बने विराटनगर विरुद्व सर्लाही र दोस्रो खेल दिउँसो १:४० बजे काठमाण्डौं विरुद्व सप्तरी बिच हुने आयोेजकले जनाएको छ ।





