एसपी रिपोर्टर
जनकपुरधाम, चैत २४ :
विद्यालयमा विद्यार्थीहरुको निरन्तरता, वाल विवाह न्युनिकरण र अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको सवलताका लागि मधेश सशक्तिकरण अभियानले गरेको विभिन्न शैक्षिक गतिविधीले विद्याथीहरु लाभाम्वित भइरहेका छन् ।

सो क्रममा अभियानले जनकपुरधामको श्री सकलभवन कन्या माविमा विगत तिन महिना देखि साथी शिक्षकको सहयोगमा गर्दै आएको अतिरिक्त क्रियाकलाप, शिपमुलक प्रशिक्षण तथा अन्य गतिविधीहरुले छात्राहरु हर्षित हुनुका साथै शिप र दक्षता समेत हुने कुराको ज्ञान पाएकोमा खुसी व्यक्त गरेका छन् ।

अभियानले कन्या माविमा आफ्टर स्कुल एक्टिभिटी सेन्टरको माध्यमले साथी शिक्षकहरुबाट कक्षा सातमा अध्यन्नरत छात्राहरुलाई दैनिक एक घण्टा अतिरिक्त केरिकुलम एक्टिभिटीका सथै एक घण्टा विद्यार्थीहरुलाई जटिल लाग्ने पा जस्तै अंग्रेजी, गणित र विज्ञान विषय सहितका कुनै पनि शिर्षकका समस्या समाधानका लागि काम गर्ने गरेका छन् ।

साथै अभियानले १५ मिनेट छात्राहरुलाई पोसन युक्त खाजाको समेत व्यवस्था गरि उनीहरुलाई पोषणयुक्त खानेकुराको पनि ज्ञान प्रदान गरेको छ । अभियानले सोहि कार्यक्रम अन्तरर्गत विगत सात दिन देखि सो कक्षाकी छात्राहरुलाई मिथिला चित्रकलाको प्रतिशक्ष समेत दिएर पुरस्कृत गरेको छ । सात दिनमै विद्यालयकी छात्राहरुले बनाएको मिथिला आर्ट मनमोहक र सबैका लागि आश्चर्यजनक थिए ।

विद्यालयमा चित्रकला अवलोकन तथा उत्कृष्ट चित्रकला बनाउने चारजना छात्राहरुलाई पुस्कृत गर्ने क्रममा लायन्स क्लव अफ जनकपुरधाम र लायन्स क्लव अफ जनकपुरधाम गार्गीका पदाधिकारीहरुले सात दिनमै बच्चाहरुमा गरिएको दक्षताको प्रयास सराहनिय रहेको बताए ।

अभियानकी अध्यक्ष मनिषा साहले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर कमजोर हुनुको धेरै कारणहरु रहेको बताइन । सामुदायिक विद्यालयमा पढाई नै नहुने भन्दै विद्यालयमा भइरहेको न्युन उपस्थिती समेत एउटा मुख्य कारण रहेको बताउदै उनले विद्यालयमा विद्यार्थीको निरन्तरता मात्र हुन सके शिक्षास्तरको विकास सम्भव रहेको बताइन ।

विद्यालयमा निरन्तरता र स्किमबेस क्रियाकलापहरुले वाल विवाहको समेत न्युनिकरण गर्नेमा अभियानले जोड दिदै यस्ता गतिविधी मधेश भरिमै आवश्यक रहेकाले तिनै तहको सरकारको सहयोगको र समन्वय आवयश्क पर्ने साहले बताईन् । चित्रकलामा उत्कृष्ट मिथिला आर्ट बनाएकी कपलेश्वरकी छात्रा सारा खातुनले अभियानको सहयोग आफुहरुका लागि थप एक विद्यालयले दिने पृथक लाभ जस्तै भएको बताइ्न ।

सो कार्यक्रममा प्रदेश सांसद तथा लायन्स क्लव अफ जनकपुरधाम गार्गीकी अध्यक्ष अञ्जना पण्डित, लायन्स क्लव अफ जनकपुरधामका अध्यक्ष गोपाल साह, अन्तराष्ट्रिय चर्चित मिथिला चित्रकार तथा प्रशिक्षक अजित साह, कन्या स्कुलका प्रअ मोद नारायण राउत, अभियानकी शिक्षक साथी ममता झा र ज्योती दत्त, चित्रकला प्रशिक्षक रजत कायस्थ सहित लायन्स क्लव र लायन्स क्लव गार्गीका पदाधिकारीहरुको उपस्थिती थियो ।