एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १८ : जनकपुरधामको रामानन्द चौक देखि पिडारीचौक सम्मको मुख्य राजर्मागमा वृक्षारोपण गरिएको छ । नेपाल भारत मैत्री युवा संघ धनुषा जिल्लाको आयोजनामा पिडारीचौक राजमार्ग रेल्वे पटरी नजिकैको बागवानी अगाडी सडकमा बृक्षारोपण गरिएको छ ।
संघका जिल्ला अध्यक्ष बजरंग यादवको अगुवाईमा संघका केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसका प्रभावशाली नेता सहमहामन्त्री महेन्द्र यादवको विशेष उपस्थितीमा वृक्षारोपण गरिएको छ ।

सो अवसरमा कांग्रेसका नेता तथा प्रदेश सांसद शेष नारायण यादव, जंगीलाल राय यादव, संघका केन्द्रिय सदस्य एवं पार्टीका प्रदेश सदस्य जिबनाथ चौधरी, युवा नेता सुरेश कोईराला, अकबर मन्सुर(अमन), जनकपुरधाम वडा नं. ९ का पार्टी सभापती बिमलेश सिंह, उपसभापति हरि शंकर यादव, कांग्रेसका क्षेत्र -4 (1)सभापति योग नारायण यादव, अशोक साह, सुनिल यादव, अभिषेक यादव, अमित साह, ज्ञानेश्वर यादव लगायत दर्जनौ नेता कार्यकर्ताको उपस्थिती रहेको संघका धनुषा अध्यक्ष यादवले बताए ।
पर्यावरण संरक्षण मानवले आफनै अमुल्य स्वास्थका लागि अति आवश्यक रहेको कुरा बुझन जरुरी रहेको दर्शाउनका साथै नेपाल भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन यस्ता अभियानहरुलाई तिव्रता दिइने अध्यक्ष यादवले बताए ।





