एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १६ :
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले तिनै तहको सरकारले बनाइरहेको सञ्चार नितीहरुमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित हुने किशिमको बुदाँहरु संसोधन नभए आफनै नेताहरु विरुद्व सडक आन्दोलन सम्म गर्न बाध्य हुने बताएका छन् ।

जनकपुरधाममा नेपाल प्रेस युनियनको आथित्यतामा भएको नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमितिको पदस्थापन तथा पुर्ण बैठक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लम्सालले तिनै तहको सरकारले बनाइरहेको सञ्चार नितीका ड्राफहरु आफुहरुलाई उपलब्ध भएको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित हुने खालका बुदाहरुका साथै प्रेस विरुद्वका कुनै पनि निति, नियम सह्य हुन नसक्ने बताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले योग्य व्यक्तिहरुको आगमनले संगठन झनै मजबुत हुने भएकाले काम गर्न आग्रह गरे । लोकतन्त्रमा युनियनको पनि उतिकै महत्वपुर्ण योगदान रहेको उनले बताए ।

कार्यक्रममा प्रेस युनियनमा लामो समय सम्म योगदान पुरयाएको भन्दै प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा भएको समारोहमा मधेश प्रदेशका आठ वटै जिल्लामा लामो समय पत्रकारिता क्षेत्रमा कार्यरत ११ जना वरिष्ठ पत्रकारलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको हो । 

सम्मानित हुनेमा सप्तरीका गणेशलाल देव र धिरेन्द्रप्रसाद साह, सिराहाबाट सन्तोष सुवेदी, धनुषाबाट रामभरत साह र शैलेन्द्र झा, महोत्तरीबाट कृष्णचन्द्र मिश्र, सर्लाहीबाट अमन कोइराला, रौतहटबाट शिव पुरी, पर्साबाट कन्हैयालाल केशरी र दिपेन्द्र चौहान, बाराबाट गुरुप्रसाद गौतम रहनुभएको छ ।  

युनियनमा प्रवेश गरेकाहरुलाई समेत समेत समारोहमा प्रमुख अतिथि विमलेन्द्र निधी र युनियन अध्यक्ष शिव लम्सालले स्वागत गरेका छन । सो अवसरमा एसपी खवरका प्रधान सम्पादक पुरन रौनियार र पत्रकार प्रमोद कुमार साह युनियनमा प्रवेश गरेका छन् ।

केहि दिन पुर्व पर्साको बिरगंजमा भएको अधिवेशनबाट सत्य प्रकाश श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष धिरेन्द्र प्रसाद साह, समावेशी उपाध्यक्ष सोम दियाली, महिला उपाध्यक्ष रमिता नेपाल, महासचिव अजय साह, सचिव सन्तोष पाण्डे, पुस्तिका केसी, मनोज कुमार माझी र कोषाध्यक्ष उदय दास थारु रहने गरि युनियनको नयाँ प्रादेशिक समिति गठन गरिएको थियो ।

कार्यक्रममा आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, प्रेस युनियनका उपाध्यक्ष अनिल कुमार कर्ण सहितकाले आ–आफनो धारणा राखेका थिए । नेपाली कांग्रेस धनुषाका सभापती योगेन्द्र पजियार, युनियन धनुषाका अध्यक्ष राजन सिंह, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य प्रविण साह, प्रेस चौतारीका धर्वेन्द्र कुमार झा सहित प्रेस युनियनका राजेन्द्र दाहाल सहित युनियनका केन्द्रिय पदाधिकारीहरुको समेत उपस्थिती सो क्रममा थियो ।