एमाले सहमतीमा आउने सम्भावना रहेन, संघ प्रदेश सरकार परिमार्जन : नारायणकाजी


एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १४ : नेपाल सरकारका उपप्रधानमन्त्री तथा भौतीक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफु सञ्चालन नहुदै ढलेको कमला पुल सहितको स्थलगत निरिक्षण अवलोकन गर्न आएको बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा आइतवार साँझ आइपुगेका उपप्रधानमन्त्री श्रेष्ठले कमला पुल सहितका अलपत्र आयोजनाहरुको निरिक्षण गरि प्राविधिकहरुको सहयोगमा पुन: निर्माणका लागि प्राविधिक कामहरु गर्नकै लागि धनुषा आएको बताएका छन् ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले एमाले सहमतीमा आउने सम्भावना र छाटकाट नदेखिएको भन्दै एमाले बिनाको संघिय र प्रदेश सरकारहरु नै बन्ने समेत बताए ।
सभामुख पाएको एमाले कांग्रेसलाई राष्ट्रपतिमा सहमती जनाएको भए राष्ट्रिय सहमतीको सरकार बनेर देशले निकास पाउने थियो उनले थपे । उपप्रधानमन्त्री श्रेष्ठ महोतरी सहितको जिल्लामा हुने कार्यक्रमहरुमा पनि सहभागि हुने जनाइएको छ ।
