एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ : आदिवासी जनजातीहरुलाई सभामुख रामचन्द्र मण्डलले अधिकार, पहुँच र समानताका लागि बिद्रोह, संघर्ष र मतदान गरि तिनवटा बाटो सुझाएका छन् ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशको आयोजनामा जनकपुरधाममा भएको मधेश प्रदेशका आदिबासी जनजाती सांसदहरुको सम्मान तथा आदिबासी जनाजाती पत्रकारहरुको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले राज्यले संख्या र मतको आधारमा अवसर दिने गरेको स्मरण गराउदै त्यसै अनुसारको तयारी गर्न आग्रह गरे ।

कार्यक्रममा बोलेका सांसदहरुले आदिबासी जनजाती समुदायको हकअधिकारका लागि कलम चलाउन पत्रकाहरुलाई आग्रह गर्दै आदिबासी जनजाती पत्रकारहरु दक्ष र सवल हुन आवयश्क रहेको बताए । मधेश आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले आदिवासी जनजाती पत्रकारहरुको बिमा तथा सवलीकरणका लागि प्राधिकरण प्रतिवद्व रहेको बताउदै मिडिया हेर्ने निकायमा बजेट नाम मात्रको लागि रहेको बताए ।
कार्यक्रममा सभामुख मण्डल सहित सांसदहरु, प्राधिकरणका अध्यक्ष, नेपाल पत्रकार महासंघ धनुषा शाखालाई सम्मान गरिएको छ ।





