एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ :
सांसदहरुले वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता तथा प्रजातन्त्र सेनानी राजेश्वर नेपालीलाई मधेश रत्न घोषणा र उहाँको नाममा ट्रष्ट स्थापना गर्न मधेशका मुख्यमन्त्री सरोज कुमार यादवसंग मांग गरेका छन् ।

शनिवार नेपालीलाई भेटन सांसदहरु सहित उहाँको जनकपुरधाम वडा नं. २३ बेला स्थित निवासमा पुगेका मुख्यमन्त्री यादवलाई सांसद रामअशिष यादव र दिपेन्द्र ठाकुरले नेपालीको योगदानलाई मरनोपरान्त भन्दा पनि अहिलेनै स्मरण गरेर सम्मान गर्दा मधेशकै हितमा हुने र परिवर्तणकारी दलहरु प्रति जनताको सदभाव पनि बढने बताए ।

सांसद ठाकुरले नेपालीको नाममा ट्रष्टको स्थापना गरि विभिन्न विद्याका श्रष्ठाहरुलाई सम्मान गर्न समेत आग्रह् गरेका छन् । सांसद यादवले जनकपुरधामको नागरिक समाजले १४ सय पृष्ठ लामो महामना राजेश्वर नेपाली अभिनन्दन ग्रन्थको प्रकाशन समेत हुन गइरहेकाले त्यसमा सहयोग गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री यादवले हाम्रो बारा जिल्लाको बिषयमा पनि उहाँले यो अवस्थामा पनि स्वयम मलाई नै जानकारी गराउँदा आफुलाई आश्चर्य लागेको बताउदै यस्ता व्यक्तित्वहरुको समान्नमा कुनै कसर वाँकी नराख्ने बताए ।
क्यान्सर रोगलाई जितेपनि नेपाली हाल प्रजातन्त्रको स्थापनामा भएको जेल र हिरासतको यातनाका कारण उनी मेरुदण्डको समस्याले थला परेका छन् । उनको घरमै राखेर उपचार भइरहेको छ ।

विपी कोइराला, गणेशमान सिंह, सुर्वण सम्शेर सहितका कांग्रेसका नेताहरु संग पत्रकार र अगुवाका रुपमा समेत काम गरेका नेपाली २००७ साल पछिको नेपालको विभिन्न घटनाक्रमलाई मुहजवानी तिथिमिति र समय सहित जुनसकै बेलापनि भन्न सक्ने स्मरण भएका व्यक्ति रहेकाले उनलाई स्व. नेता प्रदिप गिरीले ईनसाइक्लोपिडिया अफ नेपाल भनेका थिए ।