एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसको राष्ट्रपति र जसपाको उपराष्ट्रपति शुनिश्चित भएको बताएका छन् । पार्टीको विभिन्न कार्यक्रममा सहभागि हुन जनकपुरधाम आएका पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवलाई आज राष्ट्रपतिका लागि मनोनयनको कार्यक्रम छ तपाँई मधेश किन झर्नु भयो भन्ने पत्रकारहरुको प्रश्नमा यादवले राष्ट्रपति र उपराष्ट्रपतिको शुनिश्चितता गरेरै मधेश आएको बताएका छन् ।
उनले राष्ट्रपतिको निर्वाचन पछि सरकार परिमार्जन हुने जसपा सरकारमा जाने समेत बताएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पछि प्रदेशहरुमा समेत सशक्त सरकारहरुको निर्माण हुने र प्रदेश संरचना अझै मबजुत भएर जाने उनको तर्क छ ।

विमानस्थलमा स्वागत गर्न गएका उनका नेता कार्यक्रताहरुले पछिल्लो राजनितिक खिचातानीमा सफल भएको भन्दै गुलावको फुल दिदै आई लभ यू अध्यक्ष जी भन्दै स्वागत गरेका थिए ।





