एसपी रिपोर्टर
जनकपुरधाम, माघ २६ : खेलेगा मधेश तो खिलेगा मधेश, एक घर एक रोजगार, खेत खेतमे पानी हात हातमे काम यि यस्ता नाराहरु घन्काउदै बनेको मधेश प्रदेश सरकार कुनै पनि नारा सार्थक गर्न सकेको छैन । व्यक्तिगत र दलगत स्वार्थमा नेताहरु यति लिप्त छन कि आफैले बनाएको घोषणापत्र, नारा र प्रतिवद्वता समेत बिर्सन थालेका छन जस्का संयिघता विरोधीहरु संघियता कामै नलाग्ने भन्दै विरोधमा बोल्न थालेका छन् ।
प्रस्तुत पहिलो नारा विशुद्व रुपमा युवा र खास गरि खेल क्षेत्रलाई संकेत गरेको छ । युवाहरुलाई खेलमा जोडन सके मधेश खिल्ने छ भन्ने हिन्दी स्लोगन हो यो । तर मधेश सरकारको करिव छ वर्षको पुग्न लागेको यात्रामा अरु ठाँउको त कुरा नगरौं मधेशको राजधानीमा पनि एउटा खेल्न सक्ने मैदानको आधार समेत सरकारले तयार गर्न सकेको छैन । माता जानकीको कृपाले यहाँ जग्गा पनि उलब्ध छ त्यसमा पनि चानचुन होइन करिव १७ बिघ्घा ।
एकैपटक नसकेपनि हरेक आर्थिक वर्षमा वार्षिक गरि पञ्च वर्षिय योजनका रुपमा पनि योजना बनाउन सके जनकपुरधामको बुहप्रतिक्षित र युवाहरुको सपना रहेको श्री रामजानकी अन्तराष्ट्रिय रंगशाला स्थापित गर्न सकिन्छ । तर यहाँका मन्त्री र मुख्यमन्त्रीलाई समेत रंगशाला होइन पिसीसी ढलान, उपभोक्ता समिति, नेता कार्यक्रता र राजनिति र आफु कसरी अगामि चुनाव जित्न सकिन्छ त्यस कुरा संग मात्र मतलव छ ।

राष्ट्रिय खेलकुद परिषदले जनकपुरधामको वडा नं. १४ रजौल स्थित लक्ष्मण जिराइतको १७ बिघ्घा जग्गामा राष्ट्रको पहिचान तथा गौरव इन्टरनेशनल हब संसारकै आकर्षणको केन्द्र धनुष आकारको रंगशाला ‘श्री रामजानकी बहुउद्देशीय रंगशाला’ उत्कृष्ट रंगशाला निर्माणका लागि वातावरण बनाउने उद्घोष गरिसकेको छ । २०७४ साल मसिंर ३ गते राष्ट्रिय खेलकुद परिषद, सातोदोबाटोको कार्यालयमा खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले पत्रकार सम्मेलन गरि निर्णय सार्वजनिक गरेका थिए ।
रंगशालाको लागि जनकपुर उप–महानगरपालिका, वडा नम्वर १४ स्थित १७ विग्घा जग्गा नेपाल गुठी संस्थानले उपलब्ध गराएका छन् । नेपाल गुठी संस्थान प्रधान कार्यालयको कार्यकारी प्रमुख नारायण चौधरी र राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव केशव विष्ट बीच लिखित सम्झौता समेत भइसकेको छ । उक्त सम्झौता अनुसार गुठी संस्थानले वार्षिक ९ लाखको भाडामा ३० वर्षकोलागि राष्ट्रिय खेलकुद परिषद्लाई ‘श्री रामजानकी बहुउद्देशीय रंगशाला’ को लागि उपलब्ध गराएका छन् ।
तर हाल सम्म कुनै प्रगती भएको दैखिदैन । निवर्तमान मधेशका युवा तथा खेलकुद मन्त्री कांग्रेस नेता विरेन्द्र प्रसाद सिंहको कार्यकालमा रंगशालाको घेराबेराका लागि तारवारको काम सम्पन्न भएपनि भुक्तानी वाँकीनै रहेको जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष गुड्डु पाण्डे बताउछन् । जनकपुरधामका मेयरको प्रतिवद्वताको भरमा हामि आफनै बलबुताले तत्काल पिच निर्माण गर्नेकाम सुरु गरेका छौं उनले भने, ‘यहाँ कम्तिमा कुनै पनि हिसावले खेलकुद हुन थालेपछि सरकारहरुको ध्यानाकर्षण होला कि भन्ने हो ।’
मधेश सरकारले बुझन नसकेको कुरा
संघियता बचाउनु पर्छ भन्ने मधेश सरकारले कम्तिमा खेलकुदका लागि पनि हरेक जिल्लामा आधारहरु तयार पार्न सफल भए युवाहरुको लगाव बढने र संघियताको रक्षामा युवाहरुको सहयोग र सहानुभुति मिल्ने छ । कुनै पनि आन्दोलन गतिविधीका निर्णायक युवाहरु हुने भएकाले संघियता बचाउनका लागि पनि मधेश सरकारले युवा लक्षित कार्यक्रम र खास गरि राजधानीमा राष्ट्रिय र वाँकी जिल्लाहरु तत्काल प्रदेश स्तरीय रंगशाला बनाएर युवाहरुलाई ईन्गेज गर्न सक्नु पर्ने जानकारहरु बताउछन् ।
मधेशको विरासत मानिने क्रिकेट, भलिबल, कब्बडी जस्ता खेलकुदहरुलाई लयमा ल्याउन र त्यसका लागि न्युनतम मापदण्डका भएपनि तत्काल खेल मैदानको व्यवस्थापन हुन सके अझै पनि खेलकुदमा आफना भविष्य देख्ने युवा जमात सक्रिय भएर मधेशको खेलकुद विकासको प्रचुर सम्भावना यथावत रहेको उनीहरु बताउछन् । तर कसैलाई मतलव नै छैन, उनीहरुको गुनासो छ ।

भगौलिक विकटता र जग्गाको चुनौतीका बाबजुद पोखरामा भएको चौतफी प्रयास र बनेको रंगशालाबाट पनि कम्तिमा यहाँका नेताहरु पाठ सिक्न नसक्नु राजनितिक बईमानी रहेको उनीहरुको बिश्लेषण छ ।


