एसपी रिपोर्टर
जनकपुरधाम, माघ २४ : जनकपुरधाममा वक्ताहरुले संघियता कार्यान्वयनमा राजनितिकदलहरु ईमान्दार नभएको बताएका छन् । नेपाल बौद्विक प्रतिष्ठान जनकपुरधामद्वारा आयोजित संघियता कार्यान्वयको ५ वर्ष अवस्था विश्लेषण गोष्ठीमा बोल्दै जनकपुरधामका बौद्विक व्यक्तित्वहरुले संघियता ल्याएका दलहरु समेत संघियताको कार्यान्वयन भन्दा आफनै विवाद र खिचातानीमा फँसेपछि संघियता कमजोर गर्ने हल्लाहरु चल्न थालेको बताएका छन् ।
संघियता कार्यान्वयन राजनितिक हिसावले मात्र नभई संघियता पक्षधरहरु देशको प्रहरी, कर्मचारी, शिक्षक, अधिवक्ता सहितका क्षेत्रहरुमा समेत पुग्न जुरुरी रहेको बताउदै उनीहरु विभिन्न वाहाना देखाएर संघियता मास्ने षडयन्त्र विरुद्व एक हुन आवश्यक रहेको बताए । जनकपुरधामका अनुभवी, अवकास प्राप्त विभिन्न पेशा र क्षेत्रका विज्ञहरु सहितको सहभागितामा भएको कार्यक्रममा वक्ताहरुले केहि विकृतीहरु देखाएर त्याग र तपस्या पछि आएको संघियता मास्ने दुश्प्रयास भइरहेको तर्फ सचेत हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा विष्णु कुँवर, रेखा झा, डा.कृष्ण चन्द्र साह, डा. हरिवंश झा, विभा ठाकुर, कुशेश्वर झा, किरण कुमारी साह, पुनम साह सहितका बौद्विक र राजनितिक व्यक्तित्वहरुको उपस्थिती थियो ।





