एसपी रिपोर्टर
जनकपुरधाम, माघ २४ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको मन्त्री परिषदले पुर्णता पाएको छ । एक मुख्यमन्त्री १० मन्त्री र चारजना राज्यमन्त्री सहित कुल १५ सदस्सीय मन्त्री परिषद तयार भएको हो । १५ सदस्सीय मन्त्री परिषदमा संविधानले प्राथमिकतामा राख्न भनेको समुदाय मध्येबाट २ जना महिलाले स्थान पाएको छ भने तिनजना मुस्लिम छन् ।
एता १५ जना मन्त्री र राज्यमन्त्रीहरुमा रौतहट जिल्लाकै पाँचजनाले बाजी मारेका छन् भने प्रदेशको केन्द्र र राजधानी धनुषा शुन्य भएको छ । धनुषाले सभामुख भने पाएको छ । रौतहटले तिनजना मन्त्री र दुई राज्यमन्त्री पाएको छ । रौतहटले पाएको मन्त्रीमा कृषि, महिला बालबालिका र उद्योग पर्यटन हो भने राज्यमन्त्रीमा समाजिक विकास र गृह तथा सञ्चार मन्त्रालय हो ।
माओवादीबाट आज सपथ ग्रहण गरेकि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुनिता यादवको घर रौतहट हो भने उनी काठमाण्डौं बस्दै आएकी छिन् । माओवादीले पाएको सो मन्त्रालयमा सोहि पार्टीका रहवर अन्सारी (पर्सा)ले राज्यमन्त्रीको रुपमा आजै सपथ ग्रह्ण गरेका छन् ।

बाराले मुख्यमन्त्री पाउँदा मन्त्री पाउन सकेन । मन्त्री परिषदमा दोस्रो भाग्यशाली जिल्ला हो महोतरी । महोतरीले दुई ठुला विकासे मन्त्रालयहरु भौतीक पुर्वाधार र समाजिक विकास पाउन सफल भएको छ । त्यसै गरि सप्तरी पनि फाइदामा छ । सप्तरीले शिक्षा बिज्ञान तथा कानुन न्याय तथा प्रदेश मामिला गरि दुई मन्त्रालय र एक उपसभामुख पाएको छ । सर्लाहीले एक अर्थ मन्त्रालय पाएको छ भने पर्साले एक मन्त्री र एक राज्य मन्त्री पाएको छ । सिरहाले गृह तथा सञ्चार मन्त्री र कृषि राज्यमन्त्री गरि दुई मन्त्री पाएको छ ।
हेर्नोस मन्त्री परिषदमा जिल्लागत मन्त्रीहरु
जसपा नेपाल ( मुख्यमन्त्री, ३ मन्त्री, १ राज्यमन्त्री)
सरोजकुमार यादव : मुख्यमन्त्री तथा मन्त्रिपरिषद् र तत्काल (उद्योग, पर्यटन तथा वन मन्त्रालय) बारा
संजय यादव : अर्थ मन्त्रालय सर्लाही
सुरिता कुमारी साह : सामाजिक विकास मन्त्रालय महोतरी
सिंहासन साह कलवार : खानेपानी तथा उर्जा विकास मन्त्रालय पर्सा
शेख अबुकलाम आजाद : सामाजिक विकास मन्त्रालय (राज्यमन्त्री) रौतहट
नेकपा एमाले (४ मन्त्री, १ राज्यमन्त्री)
सरोजकुमार यादव : भौतिक पूर्वाधार विकास मन्त्रालय महोतरी
राजकुमार लेखी : कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय सप्तरी
शत्रुधन प्रसाद सिंह : गृह तथा सञ्चार मन्त्रालय सिरहा
मो. जयद आलम : महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालय रौतहट
केशव राय चौधरी : गृह तथा सञ्चार मन्त्रालय (राज्यमन्त्री) रौतहट
जनमत पार्टी (२ मन्त्री, १ राज्यमन्त्री)
महेश प्रसाद यादव : शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालय सप्तरी
बसन्त कुशवाहा : भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रौतहट
संजयकुमार यादव : भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (राज्यमन्त्री) सिरहा
माओवादी केन्द्र (१ मन्त्री १ राज्यमन्त्री)
सुनिता यादव : उद्योग, पर्यटन वन तथा वातावरण (रौतहट)
रहवर अन्सारी : उद्योग, पर्यटन वन तथा वातावरण (राज्यमन्त्री) पर्सा





