एसपी रिपोर्टर
जनकपुरधाम, माघ २० :
मधेश प्रदेश सांसदमा स्वतन्त्र निर्वाचित केशव चौधरी ने.क.पा.एमालेमा प्रवेश गरेका छन् । उनी रौतहट निर्वाचन क्षेत्र नं. ३ ‘क’ बाट स्वतन्त्र निर्वाचित सांसद हुन । चौधरीलाई पार्टी मधेश प्रदेश संसदिय दलका नेता तथा मधेश सरकारका भौतीक पुर्वाधार विकास मन्त्री सरोज यादवले टिका लगाएर पार्टीमा प्रवेश गराएको पार्टीका नेता संजिव झा सुरजले आफनो फेसबुकवालमा पोष्ट गरेका छन् ।

यस संगै अव मधेशमा एमालेको कुल सांसद संख्या २५ पुगेको छ । निर्वाचनमा कुल २३ सिट जितेर मधेशको पहिलो पार्टीको रुपमा उदाएको एमालेमा यस अघि अर्का एक स्वतन्त्र जितेका सांसद शारदा शंकर कलवार एमालेमा प्रवेश गरेका थिए । उनी बारा क्षेत्र नं. २ को ‘क’ क्षेत्रबाट स्वतन्त्र निर्वाचित भएका थिए ।