एसपी रिपोर्टर
जनकपुरधाम, माघ २० :
वक्ताहरुले भारत सरकारले मधेशको विकासका लागि अव अलिक बढि ध्यान दिनुपर्ने बताएका छन् । जनकपुरधाममा नेपाल भारत मैत्री युवा संघको केन्द्रिय कार्यालयद्वारा नेपालका लागि भारतिय राजदुत नविन श्रीवास्तवको सम्मानमा आयोजित कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष तथा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राजदुत श्रीवास्तवलाई मधेशमा संसद भवन बनाइदिन जस्ले नेपाल भारतको मित्रता राजनितिक हिसावले समेत थप प्रगाढ हुने बताए ।

यादवले मधेशका जनता नेपालको सिमा सुरक्षा मात्र होइन रोटी बेटी र पारिवारिक सम्बन्धन रहेकाले भारतको सुरक्षालाई समेत रक्षा गरिरहेकाले भारत सरकारले मधेशलाई प्राथमिकतामा राख्नुपर्ने बताए । कार्यक्रमका बोलेकी कांग्रेसका संघिय सांसद मुक्ता यादव र जनमतपार्टीका नेता तथा प्रदेश सांसद चन्दन सिंह सहितकले विकासको सवालमा भारत सरकारले मधेश भन्दा पहाडलाई प्राथमिकतामा राख्ने गरेको बताउदै श्रीवास्तवको ध्यानाकर्षण गराएका थिए ।

पौरानिक र धार्मिक हिसावले पनि भगवान रामजानकीको कारणले नेपाल भारतको सम्बन्धलाई प्रमाणित गरिरहेकाले त्यसै दृष्टिकोणले भारतले मधेशको विकासमा ध्यान दिन आवयश्क रहेको उनीहरुको तर्क थियो । जनमतका नेता सिंहले विपी कोइराला भारतमा बसेको मात्र नभई महात्मा गान्धी नेपालको महोतरी आएको प्रसंग उठाउदै राजनितिक सम्बन्धमा पनि जोड दिए ।

राजदुत श्रीवास्तवले एक से एक पौरानिक उदाहरणहरुले नेपाल भारतको देश देशको मात्र नभई जनता जनताको सम्बन्धलाई प्रमाणित गरिरहेकाले बिश्वकै पृथक मित्रता रहेको बताए । उनले जनकपुरधाम आएका बेला भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम विकासका लागि घोषणा गरेको एकसय करोड सहयोगका लागि प्रपोजल लिएर आउन पुन: आग्रह गरेका छन् ।

सो अवसरमा राजदुत श्रीवास्तवलाई संघका अध्यक्ष यादव, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यष शितल साह, मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरी तथा सदस्य सचिव श्यामसुन्दर शशी र रामानन्द युवा क्लवका अध्यक्ष अशितोष झा सहितका पदाधिकारीहरु सहितकाले मायाको चिनो दिएर सम्मान गरेका थिए ।

राजदुत श्रीवास्तव आजै मधेशको सप्तरी र सिरहा सहितको जिल्लाहरुमा हुने कार्यक्रममा सहभागि हुने उनले बताए । कार्यक्रममा संघका धनुषा अध्यक्ष बजरंग प्रसाद यादव, प्रदेश सांसद शेष नारायण यादव, कुमारकान्त झा, लोसपा धनुषा अध्यक्ष परमेश्वर साह, बिरगंज स्थित भारतिय महाबाणिज्यदुतावासका सिजी नितेश कुमार सहित संघ, प्रदेशका सांसदहरु पालिकाका प्रमुख र उपप्रमुखहरु सहित नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको संघका महासचिव कृष्णा सिंहले बताए ।