एसपी रिपोर्टर
जनकपुरधाम, माघ १८ :
नेपाल–भारत खुला सीमा संवाद समूहले नेपालको कालीगण्डकीबाट निकालिएको शालिग्रामबाट अयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुन लाग्नुले दुई देशबीचको सम्बन्ध थप मजबुत भएको बताएको छ ।

नेपाल भारत खुला सीमा संवाद समूहले विज्ञप्ति जारी गरी भगवान विष्णुको अवतार मानिने शालिग्राम शिलाबाट भगवान श्री रामको बालस्वरूपको मूर्ति बनाउने तयारीले नेपाल र भारतबीचको सम्बन्ध पुन: नविकरण मात्र नभई पुर्नजार्गित समेत भएको बताएको हो ।

६ करोड वर्ष पुरानो शिला जनकपुरधाम हुँदै भारतको उत्तर प्रदेशको अयोध्या लैजाने क्रममा बाटो स्वत:स्फूर्त निस्केका श्रद्धालुको उपस्थितिले सम्बन्ध स्वत: मजबुत भएको र उचाइमा पुगेको समेत संवाद समूहका अध्यक्ष राजिव झा द्वारा जारी विज्ञप्तीमा जनाएको छ ।