एसपी रिपोर्टर
जनकपुरधाम, माघ १८ :
केहि दिन अगाडि मात्र उहाँको जनकपुरधामको मिल्स एरिया स्थित निवासमा पुग्यौं । केहि वेरपछि उहाँ बाहिर निस्कनु भयो र सानो कुराकानी भयो । हामिले सोध्यौं भारतको अयोध्या स्थित भगवान श्री राम मन्दिरमा पुरयाउन लागिएको देवशिलासंग एति वेला यहाँको पनि खुवै चर्चा छ, धर्म निरपेक्षताको पक्षमा प्रखर रुपमा बोल्ने एकजना प्रभावशाली नेता विमलेन्द्र निधीको एकाएक हिन्दुत्व मोह र गतिविधीहरुको रहस्य के हो ? सुन्नोस उहाँको जवाफ

https://www.facebook.com/watch/?v=887700215827282

एमाले अध्यक्ष केपि शर्मा ओली वास्तिवक अयोध्या नेपालको पर्सा जिल्लाको ठोरीमै रहेको दावी गरेर नेपाल भारत सहित बिश्वका हिन्दुहरुलाई चौकाएको वेला धर्मनिरपेक्षताको पक्षधर नेता निधीको यो गतिविधी ओलीको काउन्टरमा त होइन ? भन्ने प्रश्नमा उहाँ भडकिनु भयो र सानो जवाफ दिनुभयो ।

‘म हिन्दु हुँ, बहुधार्मिकता र धार्मिक स्वतन्त्रतामा बिश्वास गर्छु, यसलाई बिथोल्न यस्ता प्रश्न कृपया नगरिदिनु होला’ भन्ने उहाँको जवाफमा पहिलाको जस्तो अनिवार्य सुनिने धर्मनिरपेक्षता भन्ने शब्दले स्थान पाएन । यद्यपि उहाँको जवाफ भने हाम्रो लागि अस्वभाविक थिएन । अक्सर कालो, सेता वा क्रिम सहितको हल्का रंगको कपडा लगाउने निधी अधिकतर गेरुवा बस्त्र धारण गर्न लागेको महिनौ भइसक्यो ।

जनकपुरधाम वडा नं. २ का अध्यक्ष शिव कुमार साहले वडाका जयेष्ठ नागरिकलाई धार्मिक तिर्थयात्रामा लैजादै गर्दा निधीले नै जनकपुरधामको जानकी मन्दिरबाट भ्रमण टोलीको बिदाई गरेको र सो क्रममा उहाँले लगाउनु भएको गेरुवा वस्त्र बारे कानेखुसी भइरहेको हामिले सुनेका थियौं । थप पछिल्ला गतिविधीहरुले उहाँको हिन्दुत्व मोहलाई दर्शाइरहेको छ ।

पछिल्ला भारत भ्रमण र त्यसमा पनि खास गरि अयोध्यामा निर्माणाधिन श्री राम मन्दिर ट्रष्ट संगको सामिप्यता र छलफल, त्यहाँ जनकपुरधामको तर्फबाट धनुष राख्ने प्रस्ताव देखि लिएर हाल कालीगण्डकीबाट भगवान श्री रामको मुर्ती बनाउन अयोध्या पुरयाउन लागिएको देवशिला र त्यसमा उनको अगुवाई, सक्रियता तथा पहलकदमीले यसलाई थप प्रस्ट गर्दछ ।

उनको पहलकमदी पछि मन्दिर ट्रष्टको प्रस्तावमा निधीकै अगुवाईमा भगवान श्री रामको मुर्ती बनाइने सो शिलाको खोजतलास देखि अयोध्या पुरयाउने काम भइरहेको छ । जस्मा निवर्तमान शेरबहादुर देउवा नेतृत्वको संघिय सरकार र निवर्तमान कांग्रेस नेतृत्वकै गण्डकी प्रदेशको सरकारले पनि भरपुर सहयोग र साथ दिएको देखिन्छ । यस्को धार्मिक, समाजिक, नेपाल भारतको पौरानिक सम्बन्धको हिसावले मात्र नभई राजनितिक दृष्टिकोणले समेत विभिन्न विश्लेषण भइरहेको छ ।