एसपी रिपोर्टर
जनकपुरधाम, माघ १६ :
अस्पतालमा उपचारार्थ वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीलाई लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले भेटेका छन् । सोमवार विहान उनी उपचारार्थ म्याक्स लाईफ अस्पताल पुगेर महतोले नेपालीको स्वास्थ्य स्थितीको विषयमा जानकारी लिएका छन् ।

नेपालीले मधेशको आन्दोलन, त्यसमा भएको सहादत र शहिदको सपना पुरा गर्न कुनै पनि परिस्थतीमा पछाडि नहट्न पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता महतोलाई आग्रह गरेका थिए । नेता महतोले नेपालीको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । आज शहिद दिवसको अवसरमा महतोले नेपालीलाई जिउदो शहिद रहेको भन्दै उहाँको योगदानको प्रशंसा गरेका छन् ।