पुरन रौनियार
जनकपुरधाम, माघ ११ : शरिरमा रगतको अभाव भएपछि उहाँलाई जनकपुरधामको जिरोमाईल उतर छेउकै म्याक्स अस्पतालको आपतकालिन कक्षमा भर्ना गरिएको छ । सप्तरी निवासी युवा चिकित्सक प्रदिप दासले उहाँलाई चढदै गरेको रगतको मात्रा र विधी हेर्दै हुनुहुन्थ्यो । छोरा जनकपुरधामका वडा नं.२३ का वडा अध्यक्ष राघवेन्द्र साह र ज्वाँई पत्रकार श्री नारायण साह यताउती गर्दै उहाँको हेरचाहमा व्यस्त हुनुहुन्थ्यो ।
निडर र निर्भिक पत्रकारिता पेशा अँगालेर यस यात्रामा हिडिरहेका हाम्रा लागि प्रेरणाको स्रोत वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपाली सर अस्पतालको शैयामा हुनुहुन्छ । पत्रकार अजय साह सिवाली सहित म पुग्ने वितिकै सर टकटकी हेर्नुभयो अनि हामिले गरेको प्रणामको आर्शिवादरुपी जवाफ हात उठाएर दिनुभयो । सरको आखाँ रसाएको छ, यस अवस्थामा पनि माघ १५ गतेको बलिदानी दिवस र विर शहिद दुर्गानन्द झा देखि मधेश आन्दोलनका प्रथम विर शहिद रमेश महतो सम्मको सहादत र उद्देश्य याद छ । सुन्नुहोस उहाँबाटै
शरिर चलाउन गाह्रो भएपनि उहाँको मानसिक शक्तिमा कुनै पनि ह्रास देखिन । पहिला जस्तैको शैलिमा उहाँले भन्नुभयो ‘तुहो मन्त्रीए भगेला’ । म संगको आशा र अपेक्षा लुकेको सरको त्यो उपराग शब्दको म संग कुनै जवाफ थिएन । त्यसपछि यस्तो वेलामा पनि विभिन्न मार्गदर्शन र सुझावहरु दिन थाल्नु भयो । पत्रकार शिवालीले मनोबल बढाउदै भन्नुभयो, ‘सर अपने हमरासभके अहिना आरो बहुत किछ सिखावी से चाहै छी जल्दी ठिक हउ’ उहाँले जवाफ फर्काउनु भयो, ‘ओतबे नहि हमर मन त अछि जे बेटा रविन्द्रके शालिक अनावरण करि आ पोता पोतीके बियाह सेहो देखी वाँकी माता जानकीके कृपा आ ईच्छा ।

चिकित्सकले अहिले बोल्न नदिनोस भन्दा पनि उहाँ देश, समाज, राजनिति र नेता तथा नेतृत्वको बारेमा बोल्न छोडनु भएन ।टेलिभिजनमा एउटा समाचार बनाउने उद्देश्यले हामीले सोध्यौं, ‘सर त्यसो त तपाईले हामिलाई दिन केहि वाँकी छैन तर पत्रकारका लागि कुनै सुझाव छ ?’ उहाँको जवाफ थियो ‘पत्रकारिता जुनसुकै वेला वा अवस्थामा ईमान्दार हुनुपर्छ, कसैको पछाडि लागेर उस्का लागि पत्रकारिता हुनुहुदैन ।’
अस्पतालको शैयाबाट उहि साहसका साथ बोलेका नेपाली पत्रकारिता जुन सुकै बेलामा पनि ईमान्दार ईमान्दार र ईमान्दार हुनुपर्ने बताएका छन् । देशको राजनितिमा मात्र होइन हरेक पहुँच र यहाँ सम्मकी मिडियामा पनि आउन नसकेका ग्रामिन समुदायको लागि काम गर्न नेपालीले देशका प्रधानमन्त्री प्रचण्ड, मन्त्रीहरु मधेशका सरकारलाई आग्रह गरेका छन् । उनले नेताको पछि नलागि जनताको लागि पत्रकारिता गर्न र आफनो दायित्य बुझन पत्रकारहरुलाई आग्रह समेत गरे ।

विगत केहि महिना देखि विरामी परेका नेपाली भारतमा उपचार गराएपछि घरमा आराम गरिरहेका थिए । क्यान्सरको सुरुवाती स्टेजको भारतमा सफल उपचार गराइएको भएपनि स्वास्थ्य अवस्था त्यसपछि बिग्रदै गएपछि घरमा गर्दै आएका नेपालीको शरिरमा रगत अभाव भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
शारिरिक हिसावले कमजोर देखिएपनि नेपाली सरको मानसिक शक्ति, स्मरण र बोल्ने उहि उर्जावान शैलीमा कुनै फरक देखिदैन । करिव सात दशक देखि पत्रकारिता गर्दै आएका नेपाली सर देशको पत्रकारिता मात्र होइन लोकतन्त्र, प्रजातन्त्र सहित हाल सम्मका परिवर्तणका सिपाही, साक्षी र आफैमा एक इतिहाँस व्यक्ति हुन । एसपी खवर परिवार उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
