एसपी रिपोर्टर
काठमाण्डौं, माघ ६ :
सरकारसँग असन्तुष्ट रहेको सीके राउत नेतृत्वको जनमत पार्टी मन्त्रालय सम्बन्धनमा आइतवार सम्म प्रतिक्षा गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले आइतवार सम्मको समय मागेकाले जनमत पार्टी सो दिन सम्म पर्खिने र पनि मन्त्रालयको टुङ्गो नलागे सरकार छाडने स्रोतको दावी छ ।

उद्योग मन्त्रालयमा सहमति भएर पछि खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै जनमत पार्टी सरकारसँग असन्तुष्ट छ । सुरुमा विना विभागीय मन्त्री रहेका सो पार्टीका उपाध्यक्ष अब्दुल खानलाई माघ ३ गते भएको मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो। तर, असन्तुष्टि जनाउँदै खाँनले अहिलेसम्म पदभार ग्रहण गरेका छैनन् ।

जनमत पार्टीले थप एउटा मन्त्रालय दिएमात्र खानेपानी मन्त्रालय स्वीकार गर्न सकिने सन्देश प्रधानमन्त्री प्रचण्डलाई दिएको छ । जनमतको सन्देशपछि प्रधानमन्त्री प्रचण्डले आफूसँग रहेको वन तथा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय मध्येबाट एउटा जनमतलाई दिने परिस्थिति बन्न सक्ने आश्वासन दिएका छन् । हिजो साँझ पनि जनमतका अध्यक्ष डा.सिके राउत र प्रधानमन्त्री प्रचण्डको बीचमा मन्त्रालयको विषयमा छलफल भएको थियो ।