एसपी रिपोर्टर
जनकपुरधाम, माघ ४ :
मधेस प्रदेशसभाका नवनियुक्त सभामुख र उपसभामुखले पदभार ग्रहण गरेका छन् । मंगलवार बसेको प्रदेशसभाको बैठकबाट ७४/७२ मतका साथ सभामुख र उपसभामुखमा निर्वाचित क्रमश एमालेका रामचन्द्र मण्डल र जनमत पार्टीकी बबिता कुमारी ईशरले बुधवार विहान पद तथा गोपनियताको सपथ ग्रहण गर्नुका साथै पदभार समेत ग्रहण गरेका छन् ।

सभामुख मण्डललाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सपथ ग्रहण गराएका थिए भने उपसभामुख ईशरलाई सभामुख मण्डलले सपथ ग्रहण गराएका छन् । मण्डल धनुषा क्षेत्र नं. १ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने ईशर सप्तरीबाट समानुपातिक सांसद हुन ।