एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ :
मधेश प्रदेशसभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । मधेश प्रदेशसभाको मंगलवार बसेको दोस्रो कार्यकालको दोस्रो बैठकबाट माओवादी छोडेर एमाले रोजेका मण्डल सभामुखमा निर्वाचित भएका हुन । मण्डलको पक्षमा ७४ मत परेको छ भने विपक्षमा २९ मत परेको छ ।

मंगलवारको बैठकमा उपस्थित कुल सांसदको संख्या १ सय ३ रहेको छ । २०४६ सालमा एमालेको अनेरास्ववियुबाट विद्यार्थी राजनिति जिवनको सुरुवात गरेका मण्डल शिक्षण पेशामा रहदै गर्दा २०५४ मा माओवादीमा सदस्यस्ता लिएको र २०५९ देखि पुर्णकालिन सक्रिय राजनितिको सुरुवात गरेका थिए । पछि नेकपाबाट माओवादी र एमाले फुटदा उनले आफनो पुरानो पार्टी एमाले नै राजेका थिए ।

प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ नियमको उपनियम पाँच बमोजिम माननिय भरत प्रसाद साहले प्रस्तुत गरेको प्रदेश सभा सदस्य रामचन्द्र मण्डललाई सभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताव मंगलवारको बैठकको प्रारम्भमा प्रस्तुत गरेका थिए ।

प्रयाप्त बहुमत सदस्य सहित मण्डल सभामुखमा निर्वाचित भएपछि कांग्रेसका सभामुख उम्मेदवार जंगीलाल रायलाई सभामुखका लागि गरिएको प्रस्ताव अस्वीकृत भएको सभाका जयेष्ठ सदस्य गोविन्द न्यौपानेले घोषणा गरेका थिए ।