एसपी रिपोर्टर
जनकपुरधाम, पुष ३० : मधेश प्रदेशसभाको सभामुखमा एमालेका रामचन्द्र मण्डल र कांग्रेसको जंगीलाल राय गरि दुईजनाको उम्मेदवारी परेको छ । माओवादीको प्रस्तावमा उम्मेदवारी दर्ता गरेका मण्डललाई जसपा, लोसपा, जनमत सहित सत्तारुठ दलहरुको समर्थन छ भने आफनै पार्टीको प्रस्ताव र समर्थनमा रायले उम्मेदवारी दिएका छन् ।
मण्डलको प्रस्तावकमा माओवादीका भरत साह र समर्थनमा लोसपाकी रानी शर्मा तिवारी, जसपाका राम अशिष यादव, जनमतका महेश प्रस्ताव यादव रहेका छन् भने रायको प्रस्तावक कांग्रेसकै कुमर कान्त झा र समर्थक जिवछी यादव रहेका छन् । सभामुखमा सत्तारुढका उम्मेदवार मण्डलले आफु संग पाँचदल एमाले, जसपा, लोसपा, जनमत र माओवादी गरि कुल ७० सांसदको समर्थन रहेको बताए ।

सभामुखमा उम्मेदवारी दिएको कांग्रेसले भने राजनितिमा सधै जितका लागि मात्र उम्मेदवारी नहुने भन्दै हारमा पनि राजनिती र शक्ति हुने बताउछन् । यद्यपि उनले २ गते सभामुख चुनिने कार्यतालिका रहेकाले दुई दिनमा जे पनि हुन सक्ने उनीहरुको तर्क छ ।
माघ २ गते सभामुख चयनको कार्यतालिकाको साथ साथै मुख्यमन्त्रीको बिश्वासको मत लिने कार्यतालिका समेत रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । राजनितिमा कुनै उथलपुथल नभए सत्तारुढ गठबन्धनका उम्मेदवार मण्डल सभामुख चुनिने निश्चित प्राय छ ।





