एसपी रिपोर्टर
जनकपुरधाम, पुष २६ : जसपा नेपाल पार्टीको मधेश संसदिय दलको नेता छान्न सोमवार साँझ पाँच देखि छ बजे सम्म निर्वाचनको समय तोकिएको थियो । दलको नेताका लागि विहान ९ देखि १० बजे सम्म मनोनयनका लागि निर्धारण गरिएको समय सिमा भित्र वर्तमान नेता तथा मुख्यमन्त्री लालबाबु राउत र पुर्व सभामुख सरोज कुमार यादवको मनोनयन दर्ता भयो ।
दलका नेता चयन भएका यादवकै भनाई अनुसार दलको नेतामा मनोनयन दर्ता गर्नु अगाडि यादव मुख्यमन्त्री राउतको निवास पुगेर भनेका थिए, ‘दाईको आर्शिवाद लिएर मनोनयन दर्ता गरौं भन्दै दाजु संग भेटन र आर्शिवाद लिन आएको हुँ, अव मलाई एक अवसर दिनोस र मार्गदर्शन गर्नोस ।’ राउतले ‘मनोनयन दर्ता करिए उस्के बाद बात करते हैैं’ भनेर आश्वासन दिएका थिए ।

स्रोतका अनुसार त्यती बेला सम्म पार्टी अध्यक्ष उपेन्द्र यादव सहितका केन्द्रिय नेता कसैको पक्षमा नखुलेकाले पार्टी नेतृत्व नखुले दलको नतामा आफै जित्नेमा राउत ढुक्क थिए । तर त्यसो भएन पार्टी अध्यक्ष यादव मौन रहेपनि उनका विश्वास पात्र तथा संघिय संसदमा संसदिय दलका नेता रामसहाय यादवले प्रदेश सांसदहरुलाई फोन गरेर यादवलाई मुख्यमन्त्री बनाउनु पर्ने भएकाले दलको नेता बनाउन फोन गर्न थाले र राउतलाई सो जानकारी प्राप्त भयो ।
निर्वाचनको नतिजा आफु अनुकुल नहुने बुझिसकेका राउत आफना कार्यकालमा सभामुख हुँदा राम्रै सहकार्य र सम्बन्ध बनाएका यादवलाई बोलाएर वान टु वान वार्ता गरे र दलको नेतामा समर्थन गर्ने सहमती जनाउदै निर्वाचन समितिका संयोजक लालकिशोर साहलाई फोन गरेर आफुहरु आधा घण्टा ढिला आउने र सहमती गरेर आइरहेको जानकारी गराए र दलको नेतामा सरोज कुमार यादव सर्व सम्मत चयन भए ।

एक नेताका अनुसार संघिय संसदमा दलका नेता रामसहाय यादवलाई उपराष्ट्रपतिमा सार्ने रणनितिको सफल बिन्दुमा लगभग पुगिसकेकाले पार्टी अध्यक्ष यादव आफै नभई मधेश दलको नेता छान्ने प्रक्रियामा प्रदेश सांसदहरुलाई रामसहायबाटै फोन गर्न लगाएको हुनुपर्छ । यादवलाई मुख्यमन्त्री बनाउने पार्टी नेतृत्वको चाहना मुख्यमन्त्री राउतलाई पहिला देखिनै हेक्का थियो तर उनी पार्टी नेतृत्व खुल्छ कि खुल्दैन भन्ने मात्र बुझन चाहेको र सफल पनि भएको त्यस नेताले बताए ।
दलका नेता चुनिनु भएका यादव आजै मुख्यमन्त्रीमा बहुमत दलका सदस्यहरु सहित दावी पेश गर्न प्रदेश प्रमुख कार्यालय जाने तयारीमा जुटेका छन् । माओवादी केन्द्रका नेताहरु जनकपुरधाममा उपलब्ध नरहेकाले प्रतिक्षा भइरहेको र आउने वितिकै प्रदेश प्रमुख कार्यालय पुग्ने तयारी यादवको छ ।





