एसपी रिपोर्टर
जनकपुरधाम, पुष २१ : मानव जिवनको सवै भन्दा संवेदनशिल मानिने स्वास्थ्यको उपचार हुने स्थल अस्पतालको अवस्था पनि नेपालमा सहि छैन । अस्पतालमा हुने राजनितिक नियुक्ती र दरबन्दी भर्तीका कारण अस्पतालमा उपचार भन्दा व्यापार बढि हुने गरेको छ । विहिवार विहानै जनकपुरधामको साविकको अञ्चल र हालको प्रादेशिक अस्पतालमा विशेष सरसफाई हुदै थियो ।
कुचोले धुलो सफाई समान्य हुने गरेको भएपनि विहिवार सर्फ र पानीले पनि अस्पतालका गल्लीहरु सफाई भइरहेको देखेपछि सर्वसाधारणलाई कुनै भिआईपी आइरहेको शंका लागिरहेको थियो । केहि समयमै प्रदेश सांसद दिपेन्द्र ठाकुर सहित दलबलका साथ अस्पतालमा पुगिन सम्बन्धित क्षेत्रबाट नवनिर्वाचित सांसद जुली महतो ।

एका तर्फ अस्पताल सञ्चालनको जिम्मा पाएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. रामकेवल साह सहितको चिकित्सकका टिम सांसद महतोलाई अस्पतालका विभिन्न वार्डहरु भ्रमण अवलोकन गराइरहेको थियो भने अर्को तफ हाम्रो जिज्ञासामा विरामीका कुरुवाहरु अस्पतालमा सेवा सुविधा व्यवस्थित नरहेको गुनासो गरिरहे ।
विरामी लिएर आएका कुरुवाहरु विशेष सरसफाई आज मात्र देख्न पाएको बताए । उनीहरुले सरसफाईका साथै र बेडसिट पनि हतार हतार केहि मिनेट अगाडि मात्र ओछयाइएको खुलाए । सांसदको पछाडि पछाडि ठुलै भिड देखिन्थ्यो । नेता, कार्यक्रता र विभिन्न तहका जनप्रतिनिधीहरु समेत पछाडि पछाडि थिए । अनुगमन गरेकी सांसद महतोले अस्पतालमा विरामी, कुरुवाको मात्र नभई चिकित्सक र अस्पताल प्रशासनको समेत आफनै गुनासोहरु रहेको बताइन ।

केहि विरामी र कुरुवाको गुनासो बल्ल सुनिएको थियो भने अस्पताल प्रशासनको दरबन्दी अभाव, जनशक्तिको कमि, स्रोत र साधन तथा भवनको अभाव सहितको गुनासोहरु सांसद समक्ष सहजै पुगेको थियो । किनकी सांसद महतो चिकित्सक र अस्पताल प्रशासनकै घेराका बिच अनुगमन गरिरहेकी थिइन । देशमै सबै बढि प्रसुती हुने दोस्रो अस्पतालको रुपमा रहेको जनकपुरधाम प्रादेशिक अस्पतालमा दैनिक एक हजार ओपिडी विरामी र कम्तिमा पचास शिशुको जन्म हुन्छ ।

तर ति एक हजार ओपिडीका अधिकांश विरामी बिचौलियाको सुझाव अनुसार निजी क्लिनिकमा गएर थप उपचार गराउन बाध्य हुन्छन् । अहिले सम्म नामका लागि मात्र सावित हुने गरेको यस्ता अनुगमन अगामि दिनमा सार्थ साविता भई जनतालाई लाभ होस भन्ने कामना बाहेक अहिले केहि गर्न सकिदैन । अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादव हाल एक सय शैयाको यो अस्पताललाई कम्तिमा पाँचसय शैयाको अस्पताल नबनाए सम्म विरामी धान्न नसकिने बताएका छन् । तर प्रश्न छ, विरामीलाई पाँचसय शैयासंग सरोकार छ कि हाल अस्पतालमा विद्यमान रहेको शैयामा प्राप्त भइरहेको उपचार, सेवा र सुविधा संग ?



