एसपी रिपोर्टर
जनकपुरधाम, पुष १३ : जनकपुरधामको एक अस्पतालमा चिकित्सको लापरवाहीले पुन: एक विरामीको मृत्यु भएको छ । पिडारीचौक स्थित समर हस्पिटलमा पाठेघरको समान्य समस्या सहित उपचारका लागि पुगेकी सबैला नगरपालिका वडा नं. १३ पर्साहीटोल बस्ने ईन्दल कापरकी श्रीमती अन्दाजी ३० वर्षिय ममता देवी कापरको पाठेघरको शाल्यक्रिया पश्चात मृत्यु भएको छ ।
आफनी दिदी र किशोर छोरा सहित उपचारका लागि जनकपुरधाम आएका विरामी कापर आफनै एक चिनजानको बिचौलिया शहिदनगर वडा नं. ५ पर्छेबाका सन्तोष कापडको पहलमा समर अस्पताल पुगेका थिए । अस्पतालका सञ्चालक डा. सुजित यादव र उनकी श्रीमती स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. किरण यादवले मृतक कापरको पाठेघरको शाल्यक्रिया गरेको थियो ।

विरामीलाई समर अस्पताल पुरयाएका बिचौलिया कापरले नै विरामीको शाल्यक्रिया गर्नु अगाडि अभिभावकको रुपमा गर्ने मन्जुरीनामामा हस्ताक्षर गरेर धमाधम शाल्यक्रिया गर्न लगाएका थिए । मृतककी दिदीले आफु यस अस्पतालमा उपचार नगराउने भन्दा पनि बिचौलिया कापरले आफै हस्ताक्षर गरेर शाल्यक्रियामा विरामीलाई पठाई औषधी लिएर आउदैछु भन्दै त्यसपछि गायव भएका छन् ।
शाल्यक्रिया पछि विरामीको छाती देखि घाँटी सम्म दुखाई सूरु भएको तर चिकित्सक र नर्शहरुले राम्ररी हेरविचार नगर्दा विहान ३ बजे मृत्यु भएको मृतकका परिवारजनको भनाई छ । शाल्यक्रिया कस्ले गरयो ? भन्ने कुरा पनि विरामीका आफन्तलाई जानकारी छैन । यस सम्बन्धनमा डा. यादवलाई सम्पर्क गर्दा म अस्पतालमा आएर कुरा गर्छु भनेका डा. यादव त्यसपछि सम्पर्क विहिन बने ।

स्रोतका अनुसार अस्पताल र मृतक पक्ष बिच डेढलाख क्षतीपुर्ती लिने गरि कुरा मिलिसकेको छ । यसरी लापरवाही पुवर्क विरामीको मृत्यु हुने गरे दैनिक घटनाहरु भइरहेको भएपनि पिडित पक्ष कानुनी उपचार र अनुसन्धान भन्दा पनि पैसा लिएर अस्पतालसंग धमाधम सहमती गर्न थालेको छ ।





