एसपी रिपोर्टर
जनकपुरधाम, पुष ४ :
धनुषा जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) मा बिश्वराज खडका आउने भएका छन् । गृहमन्त्रालयले सोमवार एकै पटक २३ जना प्रहरी उपरिक्षकहरुलाई काज सरुवा गर्दै कार्यस्थल हेरफेर गरेपछि खडका धनुषा आउन लागेका हुन । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल सुरक्षा कार्यालयमा कार्यरत उनको धनुषा जिल्ला प्रहरीमा सरुवा भएको छ ।

धनुषाको जिल्ला प्रहरीमा कार्यरत वर्तमान एसपी वसन्त रजौरेको भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौंमा काज सरुवा भएको छ । मधेश प्रदेशको धनुषा सहित पर्सा र सर्लाहीको एसपीको समेत सरुवा भएको छ । पर्सामा कोमल शाह र सर्लाहीमा नरेश राज सुवेदी एसपीका रुपमा आउने भएका छन् ।