एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १९ :
धनुषाको प्रसिद्व क्षिरेश्वरनाथ महादेव मन्दिरको पुर्व उत्तर तर्फ जलाद नदी छेउमै पोखरी नै पोखरीको बिचमा एउटा एकदमै पुरानो ईनारको अवशेष छ । पोखरीहरु माछा पालन सहितका प्रयोजनका लागि खनाइएपनि त्यो ईनारको भने आफनै ईतिहाँस छ । सुनसान सो चौरी एका समय एक बस्ती थियो तर २०४५ सालमा जलाद नदीमा आएको बाढीले सम्पुर्ण बस्ती नै बगाई दिएपछि सो बस्तीका स्थानिय विस्थापित भए ।

सय देखि डेढ सय घर परिवार सम्मको बसोबास रहेको सो ‘क्षिरपोखरी’ नामक बस्ती तत्कालिन दिगम्वरपुर गाविसको वडा नं. २ मा पर्दथ्यो । तर राती आएको बाढीले पुरै बस्ती नै सखाप पारेपछि स्थानिय विस्थापित भएर हाल सखुवा बजारको नयाँ टोलमा बास बसिरहेका छन् । पुरै बस्ती नै बगाएको सो बाढीमा भने कुनै पनि मानविय क्षती नभएको स्थानिय इच्छापुरका कमल प्रसाद महतो बताउछन् । हाल सो क्षेत्र क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं. ८ मा पर्दछ ।

ईनार छेउमै गाईबस्तु चराइ रहेकी छिमेकी गाँउकी एक बुहारीले पनि सो घटना सत्य रहेको सुनाइन । उनले भनिन, ‘मेरो सासुले भनेको कुरा, यो सबै पोखरी थियो बाढीले एकै रातमा बगाइ दियो ।’ ईनार देख्न स्थलगत रुपमा पुगेका पत्रकारहरुको समुहलाई देखेर कुददै आएका दिगम्वरपुरका बालबालिकाहरु समेतलाई त्यो घटना थाहा रहेछ ।

ईनार देख्न किन पुगे पत्रकारहरुको समुह ?

खेत र चौरी जस्तो देखिने सो क्षेत्रको विषयमा अहिलेको पुस्तालाई सायदै थाहा होला । गैर सरकारी संस्था शेभ द चिल्ड्रेनको आयोजनामा बालबालिका, पर्यावरण र युवा विषयमा मधेशका पत्रकारहरुसंग गरिएको कार्यशाला गोष्ठीमा पर्यावरणको विनाश, चुरे दोहन र जलबायु परिवर्तणको सन्दर्भमा सो घटना उठेपछि पत्रकारहरुको समुह त्याहाँ पुगेको हो ।

२०४५ सालमै बस्ती सखाप हुने गरि दर्दनाक बाढीको घटना भएपनि चुरे बिनाश रोक्न र पर्यावरण बचाउन वर्तमान पुस्ता कति सक्रिय र सचेत छ भन्ने कुराको पुनरावलोकन गर्न पनि सो घटना पत्रकारहरु समक्ष ताजा बनाइएको शेभ द चिल्ड्रेनका अभिलेष कुमार कर्णले बताए । उनले चुनाव, बिश्वकप सहितका कृतिम आयोजनहरु मिडियामा चर्चामा आउने गरेपनि बिश्वलाई नै संकटमा पारिरहेको पर्यावरण बिनाश, चुरेको दोहन सहितका विषय प्राथमिकतामा नपर्नु मानवजातीकै लागि खतरनाक रहेको बताए ।

स्थानिय पत्रकारद्वय अजय साह र विजय साहले समेत सो घटनाको बारेमा जानकारी गराउदै घटनाबाट सिख लिएर नयाँ पुस्ता पर्यावरण संरक्षण र चुरे दोहन रोकन अभियान चलाउनु पर्ने बताउछन् । बिस्थापित भएका घर परिवारका नयाँ पुस्तालाई घटना थाहा छ ? यदि छ भने अहिलेका पुस्ताले त्यसलाई कसरी लिएका छन भन्ने कुरा पनि मिडियाको प्राथमिकतामा हुनुपर्ने नभए सम्पुर्ण समाज नै बिनाश तर्फ जाने जोखिम औंल्याइएको छ ।

सो घटना त एक पुरानो उदाहरण मात्र रहेको भन्दै सोहि घटनाबाट सचेत हुनुपर्ने समाज अज्ञानतावस गरिरहेको थप लापरवाही र चुरे बिनाशले तराई मधेशको भविष्यनै संकटमा रहेको कार्यशालाको निश्कर्ष थियो । कार्यशालामा वरिष्ठ पत्रकारहरु घनश्याम खडका, अजित तिवारी सहितकाले सो विषयहरुमा सञ्चारकर्मीहरुले उठान गर्न सक्ने मुद्दा र समाचारहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।