एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १६ : नेकपा एमालेका सचिव रघुवीर महासेठले एमालेको नेतृत्वमा संघिय सरकार बन्ने सम्भावना कम रहेको संकेत गरेका छन् । जनकपुरधाममा प्रेस चौतरी धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता महासेठ अव बन्ने सरकारले तीन महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरुलाई नागरिकता दिने निर्णय नगरे एमालेको नेतृत्वमा भिषण आन्दोलन हुने बताउनुले पनि एमालेको सरकार बन्ने संकेत गर्दछ ।
उनले एमालेले देशव्यापी आन्दोलन गर्ने र कम्तिमा मधेश प्रदेशमा त झन गरेरै छाडने बताए । धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महासेठले नागरिकताबारे निर्णय नभएसम्म आन्दोलन जारी राख्ने पनि बताए । यद्यपि उनले एमालेको नेतृत्वको समेत सरकार बन्ने सम्भावना नहराएको पनि बताए ।
नागरिकता नपाएर करिब ६/७ लाख जना पढ्न र जागिर खानबाट बन्चित भएको भन्दै उनले उनीहरुले अविलम्ब नागरिकता पाउनुपर्ने बताए । उनले मधेशको समस्या प्रति एमाले गम्भिर र चिन्तनशिल रहेको कुरा जनताले बुझेकाले नै मेधशमा एमाले प्रतिनिधी र प्रदेशसभा दुवै तर्फ पहिलो दल बनेको दावी गरेका छन् ।





