एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १२ : प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुने विवाहपञ्चमी महामहोत्सव मनाइएको छ । बा्रहबिघ्घा रंगभुमि मैदानमा भगवान रामजानकीको स्वयवंर शु–सम्पन्न भएको छ भने अवेरराती सम्म वैवाहिक कार्यक्रम हुनेछ ।
प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुने विवाहपञ्चमी महामहोत्सव त्रेयायुगको झल्को दिने मिथिलाको धार्मिक आयोजन हो । भगवान रामजानकीको विवाह भएको स्मरणमा भारतको आयोध्याबाट जन्ती आएर प्रत्येक वर्ष धुमधामका साथ विवाहपञ्चमी महोत्सव मनाउने परम्परा छ । प्रत्येक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन मनाईने विवाह महोत्सवमा सहभागी हुन लाखौँका सँख्यामा श्रद्धालु भक्तजन जनकपुरमा आउने गर्दछन् । शनिवार एतिहाँसिक बाह्रबिघघा रंगभुमि मैदानमा रामजानकीको स्वयवंर हुँदा मैदानमा दर्शनार्थीहरुको भिडभाड देखियो ।

भगवान रामको डोलालाई जानकीको डोलाले परिक्रमा गरेपछि स्वयवंर सम्पन्न हुन्छ र त्यस पछि सम्पुर्ण डोलालाई शोभायात्राका रुपमा जनकपुरधामको नगर परिक्रमा गराइन्छ । डोला हेर्न घरघरवाट स्थानिय सडकमा निसक्ने गर्दछन् र डोलामा फुल अर्पण गर्ने गरेका छन् । जनकपुरधाम तथा मिथिलावासी आफनै छोरीको विवाह सरह नै गितगान र पहिरनमा स्वयवंर हेर्न बाह्रबिघघा् आउने गर्दछन् । महिलाहरु त छोरीको विवाहमा जस्तै रामजानकीको विवाह कार्यक्रममा पनि रुन्छन पनि । बैंडवाजा, नाचगानका साथ धुमधाम त हुने नै भयो । स्वयवंर कार्यक्रममा मन्त्री, सांसद, मेयर र प्रशासनिक निकायका प्रमुखहरुको पनि बाक्लो सहभागिता हुने गर्दछ ।
विवाह पञ्चमी महोत्सव मिथिलावासीका लागि शौभाग्यको आयोजन भएको र यसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने जनकपुरधामका अगुवाहरुको भनाई छ । महोत्सवको मुख्य आयोजक श्री जानकी मन्दिर र महन्थ रामतपेश्वर दास रहने गरेका छन् । यहाँका सरकारी तथा गैरसरकारी संघ संस्था र जनकपुरधामवासीहरु समेत मेला र्भन आएकाहरुलाई जन्ती सरह अतिथिको रुपमा ठाँउ ठाँउमा खाना, नास्ता र आवासको व्यवस्था गर्ने गरेका छन् । अतिथिको स्वागत मिथिलावासीको पहिलो धर्म रहेकाले यस्तो गर्ने गरेको उनीहरु बताउछन् । यसपालि वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहको अग्रसरता र जनकपुरधामको उपमहानगरपालिको सहकार्यमा बाह्रबिघ्घा रंगभुमि मैदानको सुधारका साथै तिर्थालुहरुका लागि आवास, खानेपानी र शौचालयको व्यवस्थापन गरिएको छ ।

सप्ताह व्यापी रुपमा मनाइने महोत्सवको पहिलो दिन जनकपुरधाम नगर दर्शन, र दोस्रो दिन फुलवारी लिला हुन्छ । नगर दर्शनमा माता जानकीलाई नगर दर्शन गराउने गरिन्छ । नगरदर्शनका क्रममा राम र जानकीको रूप धारण गरेकालाई जानकी मन्दिरको प्राङ्गनमा राख्ने गरिन्छ । यसका साथै रामायणका अरु पात्रहरू पनि नगर दर्शनमा सहभागी हुने गर्छन् । यो कार्यक्रममा राम, सीतासहित रामायणका पात्रका अगाडि नगरबासीलाई उपस्थित गराउने परम्परा रहेको छ । गितगान त मिथिलाको विवाहमा हुनै पर्दछ । त्यसै गरि राम र सीतालाई एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लिला भन्ने गरिएको हो ।
राम र सीताबीच पहिलो पटक बगैंचामा भेटघाट भएको पौराणिक कथाका आधारमा फूलवारी लिला कार्यक्रम गर्ने प्रचलन छ । महोत्सवको तेश्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौ दिन शुभविवाह अर्थात विवाहपञ्चमी र सातौ दिन राम कलेवाको आयोजना गरि महोत्सवको समापन हुन्छ । रामकलेवामा जन्तीलाई भोजन, दक्षिणा र सम्मान सहित बिदाई गरिन्छ ।





