एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १ : पछि पछि हातमा ब्यानर सहित सहयोगी अघि अघि उम्मेदवार आफै पर्चा घरघरमा बाटदै हिडिरहेका हुन्छन् । म जनकपुरधामको मुलवासी हुँ, उनी भन्छन ‘म विकल्प किन हुन सक्दिन ।’ चापाकल चुनाव चिन्ह पाएका धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा तर्फको स्वतन्त्र उम्मेदवार उमेश साहको तर्क हो यो ।
जनकपुरधाममा जन्मे, हुर्के, पढेलेखे र पत्रकारिता जस्तो खोजमुलक पेशा अँगालेर जनकपुरधामलाई राम्ररी बुझेको छु उनी भन्छन, ‘म जनकपुरधामलाई मात्र होइन यहाँको एक एक नेता र उनको कर्मलाई पनि बुझेको छु ।’ जनकपुरधामको हितमा कुनै विकल्प जनकपुरधामवासी नै किन हुन सक्दैन ? उनको प्रश्न छ ।

खर्च नगर्ने, ईमान्दारिता पुर्वक विकल्प हुँ भन्न आँट गर्ने, तामझाम नगर्ने व्यक्तिलाई कति दिन सम्म पाखा लगाउने हो म हेर्न चाहन्छु साहले थपे । आफनो चुनाव चिन्ह चापाकल रहेको स्मरण गराउदै उनले जनकपुरधामको चापाकल प्रयोग विहिन भइरहेको र आफु जिते चापाकलमा सफा र स्वच्छ पानी आउने वातावरण बनाउने बताए ।

एक समय थियो चापाकलको सफा पानी खाएर जनता स्वस्थ्य र निरोगी हुन्थे आज चापाकल सुख्दै छ जनता विरामी हुदैछ तर पनि कसैलाई मतलव छैन । मधेश प्रदेशको राजधानी जनकपुरधामको जनता अव पनि कृत्रिम लहर र सनकको भरमा मत खसाल्ने हो भने जनकपुरधाम यस्तै अवस्थामा रहने साहले जिकिर गरेका छन् ।





