एसपी रिपोर्टर
जनकपुरधाम, असोज ४ :
नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएशन, एनएमए) को जनकपुरधाम शाखा अध्यक्षमा डा. रामजी यादव निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि जनकपुरधाममा सोमवार भएको एशोसिएशनको अधिवेशनबाट डा. यादव २ सय ९७ मत प्राप्त गरि निर्वाचित भएका छन् ।

त्यसै गरि एशोसिएशनको वरिष्ठ उपाध्यक्षमा डा. रामेश्वर महासेठ, महासचिवमा डा. रामज्ञान यादव र कोषाध्यक्षमा डा. राजेश कुमार साह निर्वाचित भएका छन् । उनीहरुले क्रमश ३११, २९८ र २५० मत प्राप्त गरेका छन् । त्यसै गरि कार्यसमितिको सदस्यहरुमा डा. विभाश गोइत, डा. बिपिन कुमार यादव, डा. देव नारायण साह, डा. रवि रञ्जन प्रधान, डा. क्रृषिकेश प्रताप साह र डा. विजय कुमार साह विजय भएका हुन ।

मधेश प्रदेशको धनुषा, महोतरी र सर्लाहीका साथै सिन्धुली जिल्ला समेतको कार्यक्षेत्र रहेको जनकपुरधाम शाखाले नयाँ डायनामिक नेतृत्व पाएको छ । संघको जनकपुरधाम शाखामा कुल ६ सय सदस्य रहेकोमा मतदानमा ४ सय ४९ जनाले मतदान गरेका थिए ।