एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३ : समाजेसवी गंगाराम यादव (आनन्द) धनुषाको हालको निर्वाचन क्षेत्र नं. २ का लागि र्निविकल्प नाम हुनुपर्ने हो । पटक पटक विभिन्न षडयन्त्रको सिकार भएर जनप्रतिनिधी हुन नसकेका यादव यसपालिको निर्वाचनमा जनताका बिचमा जाने मुड बनाइसकेका छन् । तर पार्टीमा हुने गरेको नवप्रवेशले उनलाई यसपालि पनि रोक्ने योजना बन्न थालेपछि उनी शंसकित छन । ।
लोसपा सचेतक तथा प्रतिनिधीसभा सांसद उमाशंकर अरगरियाको एमालेमा हुन लागेको प्रवेश र अरगरिया नै प्रतिनिधीसभामा उम्मेदवार हुने हल्ला चलिरहेका बेला एसपी खवरको जिज्ञासामा समाजसेवी यादवले आफु यसपालि चुनाव लडनेमा दृढ छन् । अनि कसरी लडनु हुन्छ, टिकट अव तपाँइ पाउनु हुन्छ त ? भन्ने प्रश्नमा उनले पार्टीले यो उमेरमा पनि मुल्याङ्कन नगरे पनि आफु यसपालि जनताको अदालतमा गएर पार्टीलाई जनताको आदेश सुनाउने बताउछन् ।
अनि स्वतन्त्र लडनु हुन्छ त ? भन्ने सावलमा उनको जवाफ थियो, ‘जनताले हैरान गरिरहेको अवस्थामा म के गर्न सक्छु ? ।’ उनले आफु पार्टीको हरेक निर्णय र लाइन मान्दै आएको बताउदै पार्टीले पनि बुझन जरुरी रहेको बताए । ‘एक पटक आफनो निर्वाचन क्षेत्र भन्दा बाहिर गएर अर्को क्षेत्रमा लडने आदेश पार्टीले दियो म हुन्न भनिन र लडे, उनले भने, ‘एमाले र माले भई म, रघुविर महासेठ लडेकाले झिनो मतान्तरले म कांग्रेसका आनन्द प्रसाद ढुङ्गना संग हार्नु परयो, अर्को पटक २०७० म उम्मेदवारी दर्ता गर्न जाँदा मेरो नाम नै भोटर लिष्ट बाट गायव गर्ने षडयन्त्र भयो ।’
एमाले बचाइदिनोस भन्दै जनता घरमा दिनरात धाइरहेको भन्दै उनले आफु जनताको इच्छा र चाहना बमोजिम अगाडि बढने र जनताले चाहे पछाडि नहटने उनले बताए । उनले एमाले परास्त गर्न बनेको गठबन्धनलाई परास्त गर्न धेरै सोचेर मात्र चुनावमा जानुपर्ने बताउछन् । नवप्रवेशीलाई उठाए वाहिरको त आउदैन एमाले भित्र पनि असन्तुष्टि भयो भने कसरी हुन्छ ? उनको प्रश्न थियो । हरेक पटकको निर्वाचनको संघारमा क्षेत्रमा पार्टीलाई कमजोर गर्ने गतिविधी भइरहेको प्रति उनले दु:ख व्यक्त गरेका छन् । यसै कारणले क्षेत्रमा पटक पटक जित र अवसरबाट पार्टी बञ्चित भइरहेको उनको तर्क छ ।





