पुरन रौनियार
जनकपुरधाम, भदौ ३० : राजनितिमा अवसरवाद र आर्थिक आमदानीका लागि नेताहरु राजनितिक सिद्वान्त, एजेन्डा सबै लत्याउन थालेका छन् । पछिल्लो समय नेताहरुको पार्टी परित्याग, पार्टी प्रवेश र टिकटकै लागि भइरहेको अप्रत्यासित उलटफेरले नेपालको राजनितीमा पैसा र पावरलाई नै नेताहरुले सबै भन्दा ठुलो लक्ष्य बनाएको स्पष्ट हुन्छ ।
राजनितिमा अवसरकै लागि जे पनि गर्न सकिन्छ भन्ने कुराको पछिल्लो उदाहरणको मधेशवादी सांसद उमाशंकर अरगरिया । मधेशवादको लहरमा बिना संगठन २०७४ सालको आम निर्वाचनमा संघिय समाजवादी फोरम नेपालबाट प्रतिनिधीसभा सांसद बनेका अरगरिया मन्त्री नभए कम्तिमा राज्य मन्त्री बन्न चाहन्थे तर पार्टीले सकेन र उनलाई पार्टीको प्रमुख सचेत बनाइयो ।
प्रतिनिधीसभामा राष्ट्रियपार्टीको सचेतक पद महत्वपुर्ण पद नै हो तर उनको सपना मन्त्री बनेर कमाई गर्ने रहेछ । मन्त्री बन्नकै लागि उनी सो पद त्यागेर भएपनि जसपा फुटदा लोकतान्त्रिक समाजवादी पार्टी तर्फ लागे । उनी मात्र होइन सर्लाहीबाट अप्रत्यासित रुपमा प्रतिनिधीसभा सदस्यमा जितेका उनी जस्तै युवा र प्रखर मेधशवादी सांसद प्रमोद कुमार साह पनि मन्त्री बन्नकै लागि अरगरियाको उल्टा लोसपा छोडेर जसपा तर्फ लागे ।
प्रमोदको सपना त पुरा भएन तर लोसपाले अरगरियालाई मन्त्री दिने निश्चित भयो मन्त्रालयको भने टुङ्गो थिएन । त्यसपछि अरगरिया एक वर्ष मात्र समय रहेकाले मालदार मन्त्रालय हात पार्न पार्टीलाई ओभरटेक गरे र तत्कालिन संघिय सरकारका नेतृत्व कर्ता दल एमालेको शरणमा पुगे । उनले राम्रो मन्त्रालय पाए पछि एमालेमै पनि प्रवेश गर्ने सर्तमा एमालेका नेताहरुको भनसुनमा पर्यटन मन्त्रालय पडकाएकै हो । तर ब्याडलक तत्कालिन सरकार ढल्यो र उनी १८ दिन मात्र मन्त्री पदमा बस्न सके ।
उनी आवद्व लोसपाका सबै मन्त्रीहरु बाहिरएसंगै उनी एमालेमा जाने चर्चा थियो तर उनले संसदको पुरा कार्यकाल भत्ता पकाउन लोसपामा बसिरहे र हाल लोसपाले पनि उनलाई पार्टीको सचेतक पद दिएका छन् । तर उनी असोज ८ गते एमालेमा प्रवेश गर्न लागेको उनले नै विभिन्न सञ्चार माध्यमबाट पुष्टी गरिसकेका छन् । एमालेले उनलाई टिकट दिए उनको प्रतिस्पर्धा गठबन्धनका उम्मेदवार बलराम महतो संग हुने छ ।
कट्टर मधेशवादी मानिन्थे अरगरिया
जनकपुरधामका युवा र राजनितिमा चर्चित चेहरा संजय साह (टक्ला) संग राजनिति गतिविधी र यात्रा श्री गणेशाय गरेका अरगरिया संजय जस्तै कट्टर मधेशवादीका रुपमा चिनिन्थे । संजयसंगै मधेशी जनअधिकार फोरम र फोरम लोकतान्त्रिकमा समेत प्रवेश गरि राजनिति गरेका उनी फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार संग नजिकिए ।
संजय सदभावना तिर लागेपनि अरगरिया लोकतान्त्रिकमै रहिरहे र गच्छारका प्रिय पात्र बनेर काम गर्न थाले । तर २०७४ सालको निर्वाचनमा धनुषामा फोरम लोकतान्त्रिक कमजोर रहेकाले प्रतिनिधीसभामा चुनाव लडन् उनले उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरममा प्रवेश गरे र विशाल मतान्तरका साथ चुनाव पनि जिते ।
संसदमा अरगरियाले छुट्टै पहिचान बनाए । नेपालको सार्वधिक बोलिने दोस्रो भाषा मैथिलीमा संसदमा बोलेर उनले मैथिलीभाषीको मन जितेकै हुन । तर उनको पहिचान भने एक मधेशवादीको थियो । तर असोज ८ गते उनले एमाले प्रवेश गर्न लागेको सुन्दा उनलाई उनकै क्षेत्रका जनताले अवसरवादी भन्न थालेका छन् । अरगरिया निटक एक नेता भन्छन, ‘के गर्र्ने पाँच वर्षे कार्यकाल त्यतीकै गयो, मन्त्री हुनु भो तर काम लागने, विकास गर्न सकेन भनेर क्षेत्रमा असन्तुष्टि छ, लोसपाबाट चुनाव जित्न गार्हो छ ।’
अरगरिया एक सांसद र नेता मात्र होइन मधेशवादका लागि एक युवा योद्वा थिए । तर उनले सत्ता, पावर र अवसर प्राप्तीकै कारण एमाले रोज्न थालेकोमा कुनै शंका छैन । यस विषयमा सम्पर्क गर्न चाहँदा उनले फोन उठाएनन तर उनले एक मिडियालाई भनेका छन्, ‘मधेशवादी पार्टीमा परिवारवार र आफन्तवाद हावी भएको र देशको नेतृत्व एमालेले मात्र गर्न सक्ने भएर एमाले जान लागेको हुँ ।’
अरगरियाले जे भनेपनि मधेशवादी दलमा रहेर उनले पाँच वर्ष राम्रो अवसर र पावर गेन गर्न नसकेपछि एमाले प्रवेश गर्न लागेको चर्चा छ । एका समय ‘एमाले मुक्त मधेश अभियान’ का नेतृत्वकर्ता युवा चुनावको पुर्व सन्ध्यामा सोहि पार्टी एमालेमा प्रवेश गर्नुले सबै कुरा स्पष्ट गर्दछ । सो क्षेत्र जितेको हालको गठबन्धनधारी जसपासंग प्रतिस्पर्धाका लागि विरोधी पक्ष एमालेमा उनी टिकटका लागि गएको स्पष्ट हुन्छ ।
मधेशका यस्ता होनहार युवाहरु पृथक तथा जनतामुखी काम गरि लोकप्रिय भएर राजनितिमा टिकिरहनु भन्दा अवसर, कमाई र पावरका लागि मरिहत्ते गर्ने प्रविृतका कारण मधेशी जनतालाई छुट्टै पहिचान र राजनितिक अवसर दिएको मधेशवाद कमजोर हुदै गएको छ । संजय टक्ला जस्ता शाहासिकहरु जेलमा बन्द गरिनु र उमाशंकर जस्ता युवाहरु प्रतिनिधी मुलक संस्था संसदमा बल्ल पाएको अवसरलाई पनि सदुपयोग गर्न नसक्नु मधेशका लागि दु:खद रहेको जानकारहरु बताउछन् ।
उमाशंकर त उदाहरण मात्र हुन अवसरका लागि मधेश आन्दोलनबाट पहिचान पाएका नेताहरु धमाधम मधेशले शोसक भनिने पार्टीहरुमा धमाधम प्रवेश गर्ने लहर नै चलेको छ जस्मा मधेशवादी दलका शिर्षनेतृत्वहरुको पनि दोष रहेको उनीहरुको भनाई छ ।





