एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १९ :
मैथिली गीत संगीत क्षेत्रमा विगत एक दशकदेखि सक्रिय कलाकार राजीव संगम ले अब भोजपुरी संगीत क्षेत्रमा पनि आफ्नो पाइला अगाडि बढाएका छन्। उनले ‘क्लिक भोजपुरी टोन्स’ नामक प्रोडक्सन हाउसमार्फत आफ्नो पहिलो भोजपुरी गीत सार्वजनिक गरेका हुन्।
यसअघि सयौँ मैथिली गीत निर्माण गरिसकेका संगमले ‘तु बनजा धरती हम आसमान’ बोलको भोजपुरी गीत वैशाख १५ गते रिलिज गरेका हुन्। गीतमा अभिषेक गिरी र प्रतिभा राज ले स्वर दिएका छन् भने भिडियोमा राजीव संगम, रानी लगायतका कलाकारको अभिनय रहेको छ। गीतका रचनाकार मोहन मोहना हुन्।
संगमले मैथिली संगीत क्षेत्रमा लामो समयदेखि काम गर्दै आए पनि मैथिली गीतले अपेक्षाअनुसार बजार नपाएको कारण भोजपुरी संगीततर्फ अग्रसर भएको बताए। भोजपुरी क्षेत्रमा आफूले नयाँ सम्भावना र भविष्य खोजिरहेको उनले उल्लेख गरे।