एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २९ : ट्राफिक प्रहरीको काम शहर, नगर र बजारमा यातायातका साधनहरुको अनुगमन, व्यवस्थापन, समग्रमा ट्राफिक व्यवस्थापन र सो सम्बन्धीत कुनै गल्तीहरु भेटिएको खण्डमा कानुन बमोजिम कारवाही र जरिवाना गर्ने हो । तर जनकपुरधाममा ट्राफिक प्रहरी घरेलु समान्य विवाद मिलाउन पनि बर्दीमै पुग्ने गरेको गुण्डाशैलीमा स्थानिय कुटेको पाइएको छ ।
दृश्यमा प्रहरीको बर्दीमा रहेका व्यक्ती न त दबंग फिल्मका सलमान खान हुन न त सिंघमका अजय देवगन नै । उनी जनकपुरधामका ट्राफीक प्रहरी सई राजिव तिवारी हुन । दुई छिमेकी बिचको समान्य घरायसी विवाद हुँदा एकजनाको पक्षमा उनी प्रहरी पोशाकमै गएर अर्को पक्षका व्यक्तिलाई मज्जाले धम्की र गालीका साथै लछारपछार गरिरहेका छन् ।
जनकपुरधाम वडा नं. २ मा घर बनाई रहेका स्थानिय बेचन साहको घरमा मजदुरहरुले काम गर्ने क्रममा उनका छिमेकी आलोक ठाकुरले मेरो शरिरमा सिमेन्ट किन फालेको भन्दै विवाद भएपछि ठाकुरले आफनो चिनजानका सई तिवारीलाई बोलाएर गाली बेजती तथा लछार पछार गर्दै पिटपाट समेत गरेको दृश्यमा देखिन्छ । पिडित साहले केहि वर्ष अगाडि देखिनै ठाकुरले पहुँच र पावरको आधारमा आफुहरुलाई दु:ख दिदै आएको बताउदै गत सोमबार प्रहरी बोलाएर कुटपिट गरेबो बताउछन् ।
दुई छिमेकी बिच भएको समान्य विवादका क्रममा कुनै एक व्यक्तिको पक्षमा गुण्डाशैलीमा ट्राफिक प्रहरीका वरिष्ठ सई तिवारी बर्दीमै एकजना स्थानियलाई धम्की मात्र दिएनन गलहथ्थी दिएर एक वृद्वलाई लछारपछार समेत गरेका छन् । दृश्यमा सुन्दा सई तिवारीले भनिरहेका छन, ‘उस्ले सक्दैन तर म तलाई अतरीमा हात हालेर निकालि हाल्छु ।’
सुरुमा समान्य देखिएका सई तिवारी पछि तुरन्त यति आक्रोसित भएका छन कि उनी साहको गर्दनमा हात हालेर बेस्सरी धकेल्दै लगेका छन् । उनको आक्रोसको सिमा छैन । यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्द्र भुषण यादवले आफुले भिडियो हेरेको र सई तिवारी उपरको छानविन सुरु गरिसकेको बताएका छन् ।
यस्तो विवादमा ट्राफिक प्रहरी पोशाकमै पुग्न नहुने र पुगेपनि अनुसन्धान गर्ने नेपाल प्रहरीको जिम्मा लगाउनु पर्ने प्रावधान रहेको बताउदै यादवले घटनाको विषयमा छानविन हुने बताए । पहुँच र पावरको आधारमा रक्षकबाटै हुने यस्ता गलत क्रियाकलापले समाजनै आतंकित बन्ने गरेको छ ।
यो पनि पढनोस





