एसपी खबर
जनकपुरधाम, साउन २२:

आन्दोलनरत मधेश प्रदेशका भूमिहीन सुकुम्बासीहरूले आइतबार बालबालिकालाई सकडमा उतारेका छन् । चुरे तथा वन जंगल संरक्षण अभियानको नेतृत्वमा सुकुम्बासीहरूले बच्चा आन्दोलन गरेको हो जनकपुरधामको जुलुसमा सहभागीहरूले नगरका विभिन्न ठाउँको परिक्रमा गरी मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सुकुम्बासी समस्या समाधानमा मधेश सरकारले केही गर्न नसकेको भन्दै सुकुम्बासी तथा उनीहरूका बालबालिकाले आक्रोश व्यक्त गरेका छन् । जमिन नहुँदा आफूहरूलाई धेरै समस्या भएको उनीहरूले बताएका छन् ।
प्रदर्शनमा सहभागी समाजसेवी सरोज रायले कुनै पनि आन्दोलनमा बालबालिकालाई उतार्नु मानव अधिकारविस्वको काम भए पनि उनीहरू बाध्य भएर आफ्ना बुवाआमासँग आन्दोलनमा आएको बताउनुभयो । बालबालिकाहरू आफ्नो अधिकार र भोलिको सुनौली भविष्यका लागि आन्दोलनमा उत्रिएको पनि उहाँको भनाइ छ।
उनीहरूले चुरे वन जंगल संरक्षण र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको हक अधिकारका लागि आन्दोलन गर्दै आएका छन् । वर्षौंदेखि भूमिहीन रहँदा आफूहरूलाई विभिन्न किसिमका समस्याको सामाना गर्नुपरेको उनीहरूले बताएका छन्।
सुकुम्बासीलाई जमिन वितरण गर्ने कार्यमा राज्यले विभेद गर्दै आएको पनि अभियानीहरूले आरोप लगाएका छन् । भूमि अधिकारबाट वञ्चित रहेकाहरूप्रति राज्य गम्भीर नभएको पनि उनीहरूको गुनासो छ ।
आफूहरूले लगातार रिले अनशन गर्दासमेत प्रदेश सरकारले बेवास्ता गरेपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नुपरेको यादवले बताउनुभयो । यसअघि, साउन २० गते उनीहरूले चुरी आन्दोलन गरेका थिए । त्यस्तै, साउन १५ गते सुकुम्बासीहरूले मुख्यमन्त्री कार्यालयअगाडि सुतेर विरोध जनाएका थिए । उनीहरूले भूमि अधिकारसँगै वन क्षेत्र अतिक्रमणलगायत विषयमा पनि आवाज उठाउँदै आएका छन् । सिरहाको डिभिजन वन कार्यालय प्रमुख सुवास दास भ्रष्टाचार गरेको आरोप लगाउदै छानबिनगर्न रसिरहा चोहर्वाको मारुती सिमेन्ट उद्योगलाई ३ विघ्घा ३ कठ्ठा जग्गा अवैध तरिकाले दिएको घटना छानविन सहितका माग पनि अभियानले गर्दै आएको छ । मधेश प्रदेश सरकारले चुरे तथा वनजंगल संरक्षण अभियानसँग मिति २०७८ भदौ ४ गते सम्झौता गरेको थियो ।