जनकपुरधाम, साउन १८:
आन्दोलनरत मधेश प्रदेशका भूमिहीन सुकुम्बासीहरूले चुरी र बच्चा आन्दोलन गर्ने घोषणा गरेका छन् । चुरे तथा वन जंगल संरक्षण अभियानको नेतृत्वमा हुँदै आएको आन्दोलनलाई सरकारले बेवास्ता गरेको भन्दै सुकुम्बासीहरूले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । जसअनुसार साउन २० गते चुरी आन्दोलन र साउन २२ गते बच्चा आन्दोलन हुने अभियानले जनाएको छ । आफूहरूले बुधबार १७ औं दिनसम्म रिले अनशन गर्दासमेत प्रदेश सरकारले बेवास्ता नगरेपछि वान्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नुपरेको अभियानका राष्ट्रिय संयोजक सुनिलकुमार यादवले बताउनुभयो । उहाँले साउन २२ गते भूमिहीन सुकुम्बासी महिलाहरूले मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि चुरी दान गर्ने बताउनुभयो । उहाँले सुकुम्बासीका माग सम्बोधन नगर्ने प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई चुरी लगाएर घरमा वस्न आग्रह गर्दै चुरी दान गर्न लागेको पनि बताउनुभयो ।
त्यस्तै, साउन २२ गते सुकुम्बासी बालबालिकालाई सडकमा उतार्ने पनि उहाँले बताउनुभयो आफ्नो घर नहुँदा सुकुम्बासीका परिवार स्थायी घर ठेगानासमेत भन्न नपाएको भन्दै अब उनीहरूका बाइट. बालबच्चा पनि आन्दोलनमा उत्रिने यादवले बताउनुभयो सुनिलकुमार यादव, राष्ट्रिय संयोजक चुरे तथा वन जंगल संरक्षण अभियान अध्यक्ष यादवले बालबालिकालाई आन्दोलनमा उतारेर मानव अधिकारको हनन नहुने दाबीसमेत गर्नुभयो । बच्चालाई धरपकड गर्दा मानवअधिकार हनन हुने अनि आन्दोलनमा उतार्दा हनन हुने भनेर उहाँले प्रश्न गर्नुभयो । यसअघि साउन १५ गते अभियानको नेतृत्वमा मधेश प्रदेशका सुकुम्बासीहरूले मुख्यमन्त्री कार्यालयअगाडि सुतेर विरोध जनाएका थिए । उनीहरूले चुरे वन जंगल संरक्षण र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको हक अधिकारका लागि आन्दोलन गर्दै आएका छन् । वर्षौंदेखि भूमिहीन रहेका आफूहरूका समस्या समाधानमा राज्यले चासो नदेखाएको पनि उनीहरूको गुनासो छ। सुकम्बासीलाई जमिन वितरण गर्ने कार्यमा राज्यले विभेद गर्दै आएको पनि उनीहरूको आरोप छ।





